sponsor

समाचार

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » सुतेकै अवस्थामा शिक्षकको मृत्यु

साउन २ । सुतेकै अवस्थामा खोटाङका एक शिक्षकको मृत्यु भएको छ । खार्मी–१ साब्रु घर भई हाल जालपा उच्च मावि जालपामा अध्यापन गराउँदै आएका ३७ वर्षीय पदमबहादुर गुरुङको गएराति मृत्यु भएको हो ।

बिराटगरमा भएको शिक्षक सेवा आयोगको परीक्षा दिएर घर फर्कनेक्रममा नुनथला–५ स्थित आशाराम तामाङको होटलमा बास बसेका गुरुङको सुतेकै ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ । जयरामघाटबाट दिक्तेल आउने ना ४ ख १५७३ नम्बरको जीपमा आउनुभएका गुरुङ शुक्रबार तामाङको होटलमा बास बसेका थिए ।  

गुरुङसँग एउटै कोठामा सुतेका दिक्तेल नगरपालिका–५ का लाखधन राईले शनिबार बिहान गुरुङ मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । गुरुङको रहस्यमय मृत्यु भएपछि राईलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । 

मृत गुरुङको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ । उनको उच्च रक्तचापका कारण मृत्यु भएको हुन सक्ने आफन्तले जनाएको प्रहरीको भनाइ छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post