sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » श्रृखलावद्ध चोरीका घटनामा संलग्न एक युवा पक्राउ

साउन–९, श्रृखलावद्ध चोरीका घटनामा संलग्न खोटाङका एक युवा पक्राउ परेका छन् । जिल्लाको विभिन्न ठाउँमा भएको चोरीका घटनामा संलग्न जालपा–२ का २१ वर्षीय अनिल श्रेष्ठ पक्राउ परेका हुन् । 

दिक्तेलको दुई तथा अर्खौलेको छ वटा पसलको ढोका तोडेर चोरी गर्नमा संलग्न रहेको खुलेपछि श्रेष्ठलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेका श्रेष्ठले चोरीको घटनामा आफू संलग्न रहेको स्वीकारी सकेका छन्, उनको साथबाट विभिन्न प्रकारका चाँबीका झुत्ता तथा पाउजु, कपडा लगायतका सामाग्री समेत बरामद गरिएको छ ।”

दिनानुदिन बढ्दै गएको चोरीको घटनापछि श्रेष्ठलाई भाग्दै गरेको अवस्थामा लामीडाँडाको रभँुवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार पक्राउ परेका उनलाई शनिबार जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गर्दा उनीसँग अन्य तीन जना संलग्न रहेको बताएको छ । 

उनीहरु फरार रहेकाले खोजीका लागि मातहतका प्रहरी परिचालन गरिएको खरेलले जानकारी दिनुभयो । उनीहरुको पनि पहिचान भइसकेको प्रहरीले जनाएको छ । 

घरमा कोही नभएको मौका पारेर गत जेठ–१ गते राति सदरमुकाम दिक्तेलका दुईवटा पसल चोरी भएको थियो । भूकम्पको डरले घर छाडेर बाहिर बसेको मौकामा दिक्तेलस्थित अम्बागाछिका टंकप्रसाद आचार्यको कपडा पसल र बैंकचोकका प्रेमकुमार बजिमयको किराना पसल एकै रात चोरी भएको थियो । 

आचार्यको कपडा पसलको ढोकाको ताला फोरेर पसलमा भएका नगद तीन हजारसहित कपडा, जुता÷चप्प लगायतगरी ७४ हजार चार सय ५० रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ । सोही राती बजिमयको खुद्रा पसलको पनि ढोकाको ताला फोरेर बाकसमा रहेको पाँच हजार नगद सहित खुद्रा सामान चोरी भएको प्रहरीले बताएको छ । 

यस्तै, जिल्लाको पश्चिमी गाविस अर्खौलेमा गत साउन–४ गते राति छ वटा पसलमा चोरी भएको थियो । घरको ढोका तोडेर अर्खौलेबजारका प्रकाश श्रेष्ठ, दुर्गामणी श्रेष्ठ, बालकुमार श्रेष्ठ, तेजकुमार श्रेष्ठ तथा विजुलेबजारका शङ्कर पुरी र राईकान्छाको पसल चोरी भएको स्थानीय किशोर श्रेष्ठले जानकारी दिनुभएको छ । 

श्रेष्ठका अनुसार प्रकाशको पसलबाट नगद ५० हजार, रेडीमेड कपडा, चुरोटको प्याकेट र नागरिकता, बालकुमारको पसलबाट गिलमेरी लगायतका पेयपदार्थ र चुरोट लगायतका सामान चोरी भएको जनाइएको छ । यसअघि गत माघमा पनि मनकाजी श्रेष्ठको पसलबाट २० हजारको रिजार्ज कार्ड र किराना सामान तथा गङ्गा श्रेष्ठको घरबाट नगद २४ हजार चोरी भएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post