sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » महिला समूहको भवनका लागि ढकालद्धारा निःशुल्क जग्गा प्रदान

खोटाङ, २१ असार । जिल्लाका एक समजसेवीले महिला समूहको भवन निर्माणका लागि सात लाख बराबरको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ ।

 विजयखर्क–३ का युवराज ढकालले स्थानीय भैरवेश्वर महिला जागरण मञ्च विजयखर्कको भवन निर्माणका लागि सात लाख रुपैयाँ मुल्य पर्ने एक रोपनी दश आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।

ढकालले सोमबार जिल्ला मालपोत कार्यालय मार्फत मञ्चको नाममा रजिष्ट्रेशन पास गरिदिनुभएको मञ्चकी अध्यक्ष अनिसा खनालले जानकारी दिनुभयो । उहाँका अनुसार प्राप्त जग्गामा यसै वर्षभित्र भवन निर्माण गर्ने तयारी गरिएको छ ।

२०६६ सालमा स्थापना भएको उक्त संस्थाले महिला सशक्तिकरण, क्षमता अभिवृद्धि लगायत सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । भवन अभावमा कोठा लिएर कार्य सञ्चालन गर्दै आएको उक्त संस्थालाई ढकालले चम्पावती मावि नजिकैकोे जग्गा पास गरिदिनुभएको जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post