sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » हुलाकमा ताला लगाउने प्रहरी नियन्त्रणमा

साउन–२५, जिल्ला हुलाक कार्यालय खोटाङमा ताला लगाउनेक्रममा कांग्रेसका ११ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रकृया मिचेर अतिरिक्त हुलाक कार्यालय बड्कादियालेमा बहिदार र पत्र–वितरक नियुक्त गरेको बिरोधमा सोमबार कालो झण्डासहित हुलाक कार्यालयमा ताला लगाउन पुगेका कांग्रेस कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

हुलाक कार्यालयका प्रमुखको कार्यकक्षमा ताला लगाए लगत्तै कांग्रेस क्षेत्रीय सभापति तिर्थ भट्टराई, पुर्वसभाषद हिरा गुरुङ, जिल्ला सदस्य प्रेमकुमार राई, प्रकाश श्रेष्ठ, नेपाल महिला संघकी केन्द्रीय सदस्य कमला राई, नेबिसंघका जिल्ला सभापति राजकुमार राई लगायत ११ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक बिनोदराज खरेलले बताउनुभयो । उता कांग्रेस, एमाले र एमाओबादीका स्थानीय प्रतिनिधिको टोलीले अतिरिक्त हुलाक कार्यालय बड्कादियालेमा पनि तालाबन्दी गरेका छन् । 

अतिरिक्त हुलाक कार्यालयको रिक्त बहिदार पदमा नियम बिपरित बिदुर गेलाल र पत्र–बितरकमा प्रदीप आचार्यलाई नियुक्त गरिएकाले तालाबन्दी गर्नुपरेको कांग्रेस क्षेत्र नम्बर–२ का सभापति तिर्थ भट्टराईले बताउनुभयो । 

हुलाक बिभागको स्वीकृति, गाबिसको सिफारिस तथा सर्वदलीय बैठकको सहमती नलिइ अनाधिकृतढंगबाट बहिदार र पत्रबितरक नियुक्त गरेको उनीहरुको आरोप छ । जिल्ला हुलाक कार्यालयकी प्रमुख कोपिला राईले अतिरिक्त हुलाक नियमावली २०३४ अनुशार रिक्त पदपुर्ती गरिएको बताएकी छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post