sponsor

समाचार

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » छात्रद्धारा ‘सात भाई कोष’ खडा

साउन–२७, दिक्तेल बहुमुखी क्याम्पसका छात्रले ‘सात भाई कोष’ खडा गरेका छन् । दिक्तेल नगरपालिकामा रहेको धार्मिक तथा पर्यटकीय स्थल मझुवागढीस्थित कालिका भगवती मन्दीर संरक्षण एबं सरसफाई गर्दै पर्यटन प्रबद्र्धनकालागि स्नातक तेश्रो वर्षमा अध्ययनरत सात छात्रले संयुक्त कोष खडा गरेका हुन् । 

‘मन्दिर संरक्षण गरौं, आन्तरिक पर्यटनलाई वृद्धि गरौं’ भन्ने नाराका साथ तीन हजार पाँच सयमा कोष खडा गरिएको कोषका सचिव विक्रम श्रेष्ठले बताउनुभयो । कोषको माध्यमबाट हरेक महिना दई पटक मन्दिर परिसर सरसफाई गर्ने, मन्दीर वरपर वृक्षारोपन गर्ने, मन्दिर क्षेत्रभित्रका जंगल फँडानी नियन्त्रण गर्ने लगायतका काम गर्ने श्रेष्ठले जानकारी दिनुभयो । 

मासिक प्रतिव्यक्ती पाँच सयका दरले कोषमा जम्मा भएको रकमले मन्दीर रंगरोगन समेत गरिएको कोषले जनाएको छ । ‘मन्दिरको संरक्षण र प्रचारकालागि कोष स्थापना गरेका हौँ,’ श्रेष्ठले भन्नुभयो, ‘मझुवागढीको पर्यटन बिकासमा सहयोग पु¥याउने हाम्रो लक्ष्य हो ।’ 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post