sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » प्रहरीमा मुद्दा दर्ता हुने क्रम बढ्दै

साउन–१६, जिल्ला प्रहरी कार्यालय खोटाङमा मुद्दा दर्ता हुने क्रम वृद्धि हुँदै गएको पाइएको छ । कार्यालयको त्रिवार्षिक अपराध तथ्याङक तालिका अनुुसार आर्थिक वर्ष २०७१÷०७२ मा २१४ ओटा मुद्दा दर्ता भएका छन् । 

पछिल्लो समय अपराधिक क्रियाकलापमा लागेका व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने मान्यताको विकास जनतामा हुँदै गएकाले मुद्दा दर्ताको संख्या वृद्धि भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि पनि जिल्लामा अपराधिक घटना नभएको त हैन, पछिल्लो समय प्रहरीसम्म आउन थालेकाले संख्या बढेको देखिएको हो ।”

आर्थिक वर्ष २०६९÷०७० मा १२३ ओटा तथा २०७०÷०७१ मा १६५ ओटा मुद्दा दर्ता भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये सबैभन्दा बढी सार्वजनिक अपराध अन्तरगतको मुद्दा आउने गरेको खरेलले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७१÷०७२ मा दर्ता भएका २१४ मुद्दामध्ये १२० ओटा फैसला भएको प्रहरीले जनाएको छ । जिल्लामा अधिकांश घटना जाँडरक्सी खाएर हुने गरेको पाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post