sponsor

समाचार

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » खेलकुद बिकास समितिका नवनिर्वाचित अध्यक्ष गाउँमा सम्मानित

साउन–३१, शान्ति सेवा समाज सप्तेश्वरले जिल्ला खेलकुद बिकास समितिका नवनिर्वाचित अध्यक्ष माइतीराज राईलाई सम्मान गरेको छ । भर्खरै जिल्ला खेलकुद बिकास समितिका अध्यक्षमा निर्वाचित भएका राईलाई समाजले शुक्रबार सप्तेश्वरमा एक औपचारिक कार्यक्रम गरी सम्मान गरेको हो । खेलकुद बिकास समितिमा आफ्नो गाउँ र क्षेत्रको प्रतिनिधित्व भएको खुसीयालीमा सप्तेश्वरबासीले अध्यक्ष राईलाई सम्मान गरेको शान्ति सेवा समाजका अध्यक्ष दिपेन्द्र राईले बताउनुभयो । 

सप्तेश्वर–३ का बक्सिङ खेलाडी रहेका अध्यक्ष राईलाई सप्तेश्वरबासीले बधाई दिँदै सफल कार्यकालकालागि शुभकामना दिएका छन् । चार वर्षदेखि बक्सिङका स्वयंसेबक प्रशिक्षकको भूमीका निर्वाह गर्दै आएका राई चार वर्षे कार्यकालकालागि खेलकुद बिकास समितिको अध्यक्षमा चयन भएका हुन् । राई एमालेको सिफारिसमा अध्यक्ष बनेपछि सप्तेश्वरका सबै दलमा आवद्ध प्रतिनिधिले ‘आफ्नै प्रतिनिधित्व भएको’ भन्दै बधाई दिएका छन् । उनी नेपाल बक्सिङ संघका सिनियर खेलाडी हुन् । 
खेलकुद बिकास समितिका अध्यक्ष माइतीराज राईलाई सम्मान गर्दै सप्तेश्वरबासी ।
तस्बिरः हाम्रो  खोटाङ डटकम
बधाई ग्रहण गर्दै अध्यक्ष राईले जिल्लाको खेलकुद क्षेत्रको बिकासकालागि सबै गाबिसलाई समान व्यबहार गर्ने बताउनुभयो । ‘म सबैको साझा अध्यक्ष हुँ,’ अध्यक्ष राईले भन्नुभयो, ‘खेलकुदको बिकासकालागि कसैलाई मेरो र कसैलाई तेरो गर्ने छैन ।’ कार्यक्रममा प्रमुख अतिथि एबं तेक्वान्दोका पुर्वखेलाडी लक्ष राईले जिल्लाको खेल क्षेत्रको बिकासकालागि निष्पक्षता प्रदर्शन गर्न सुझाव दिनुभयो । थर्पडाँडा माबिमा आयोजित कार्यक्रममा तेक्वान्दो खेलाडीको कौशल प्रदर्शनका साथै साँस्कृतिक कार्यक्रम गरिएको थियो । 

कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि नरबहादुर निरौला, एमालेका डिगबहादुर गुरुङ, एमाओबादीका तिलक बस्नेत, संघसंस्थाकातर्फबाट टिकाबहादुर राई, शिक्षककातर्फबाट नरेशकुमा राई, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई लगायतले शुभकामना दिएका छन् ।  कार्यक्रम शान्ति सेवा समाजका अध्यक्ष दिपेन्द्र राईको सभापतित्वमा भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post