sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » आठ दिनपछि मलेसियाबाट शव

भदौ–१०, आठ दिनअघि मलेसियामा ज्यान गुमाएका खोटाङको दिक्तेल नगरपालिका–९ बाम्राङका २६ वर्षीय रबिन राईको शव गाउँमा ल्याइएको छ । जेनेरेटरको किचाइबाट भदौ–२ गते ज्यान गुमाएका राईको शव बिहिबार बिहान हेलीकोप्टरबाट घर पु¥याइएको हो । धन कमाउन दुई वर्षअघि मलेसिया पुगेका राईको शव बुधबार काठ्माण्डौं ल्याइएको थियो । घरमा पैसाको सट्टा शव आएपछि सिंगो गाउँमा रुवाबासी भएको छ । 

लोड अनलोडकाक्रममा एक्स्काभेटरले उचालेको जेनेरेटर खुस्किएर खस्दा रबिनलाई किचेको थियो । जेनेरेटरले किचिएका राईको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् । राईको बिहिबार गाउँमा दाहसंस्कार गरिएको आफन्त उजुर राईले बताउनुभयो । बिवाह गरेलगत्तै मलेसिया गएका राई मलेसियाको कावासान पेरिन्डस्ट्रियन श्री मन्जुङस्थित मन्जुङ एक्वा फार्मिङ एसडिएनमा माछालाई चारो हाल्ने काम गर्दैआएका थिए । 

डेढ लाख ऋण काढेर मलेसिया पुगेका राईको अझै ऋण चुक्ता गर्न बाँकी रहेको बाबु अर्जुन राईले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post