sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा विप्लव माओवादीको चन्दा आतङ्क


खोटाङ, ८ भदौ । जिल्लामा विप्लव नेतृत्वको नेकपा माओवादीले चन्दा आतङ्क मच्चाएको छ । जिल्लास्थित सरकारी तथा गैंरसरकारी कार्यालय, उद्योगी तथा व्यापारीहरुबाट चन्दा असुल्न थालेको हो ।
दश वर्षे जनयुद्ध र उन्नाईस दिने जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न नयाँ अभियान सञ्चालन गर्ने भन्दै माओवादीले पत्र पठाएर चन्दा उर्दी गरेको छ । महिना दिनअघि सरकारी कार्यालयमा चन्दा उर्दीको पत्र पठाएको माओवादीले अहिले जिल्लास्थित सबै उद्योगी तथा व्यापारीहरुसम्म पुगेको छ ।

माओवादीले लेखेको पत्रमा रकम भने उल्लेख गरिएको छैन । यद्यपि, पत्र आउनासाथ पटक–पटक फोन भने आइरहेको व्यापारीहरुले बताएका छन् । उनीहरु भन्छन्, “पहिला नगद माग्छन्, सक्दिनँ भनेपछि अनिवार्य रुपमा युद्धको सामाग्री उपलब्ध गराउनु भन्छन् ।”

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई स्थापित गर्न आन्दोलन गर्नुपर्ने भएकाले सहयोग माग गरिएको माओवादी खोटाङका सचिव चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’ले बताउनुभएको छ । “हामीले कसैलाई जबरजस्ती गरेका छैनौं ।” उहाँले भन्नुभयो, “पार्टी चलाउनका लागि स्वेच्छिक रुपमा सहयोग गर्न आग्रह गरेका छौं ।”

माओवादीले जिल्लामा भ्रष्टचार, घुसपेश, बलात्कार, कालोबजारी लगायतलाई न्युनिकरण गर्दै समृद्ध खोटाङ बनाउने बताएको छ । जिल्लामा तीन महिनाअघि मात्र संगठन बिस्तार गरेको माओवादीले सदरमुकाम दिक्तेलमै क्याम्प खडा गरेर बसेको स्रोतले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post