sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खोटाङको पश्चिमी क्षेत्रमा अनाधिकृत गाँजा खेती

भदौ ६ खोटाङ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने गाविसहरूमा अनाधिकृत रुपमा गाँजा खेती गरेको पाइएको छ । बाहुनीडा“डा, च्यास्मिटार, डिकुवा लगायतका गाविसमा स्थानीयले अनाधिकृत रुपमा व्यवसायिक गाँजा खेती गरेको पाइएको हो । 

यसप्रति जिल्लास्थित प्रशासक मौन बनेको स्थानीयले बताएका छन् । बाहुनीडा“डा गाविसको वडा नं–४, ५ र ९ च्यास्मिटारको वडा नं–८, ९ र डिकुवा गाविसको सबै वडामा गाँजा खेती लगाइएको स्थानीयले बताएका छन् । 

प्रतिकेजी १५ सयदेखि तीन हजार ५०० रूपैया“सम्ममा गाँजा बिक्री हुने भएपछि उनीहरू व्यवसायिक खेतीतर्फ आकर्षित  छन् । अन्य बालीभन्दा गाँजाबाट राम्रो आम्दानी हुने भएकाले कृषक आकर्षित बनेका हुन् ।

यसबारेमा स्थानीय प्रहरी चौकीलाई थाहा भए पनि कमिसनको लोभमा खेती गर्न दिइएको स्थानीयले बताएका छन् । च्यास्मिटारस्थित प्रहरीले वर्षेनी गाँजाबाट कमिसन लिने गरेकाले प्रहरी मुकदर्शक बनेको स्थानीयको आरोप छ । 

गत वर्ष गाँजा बिक्री गरेबापत च्यास्मिटार प्रहरीले कमिसन लिएको स्रोतको दाबी छ । यो वर्ष पनि प्रहरीलाई कमिसन दिने शर्तमा गाँजा खेती सुरु गरेको नाम नभन्ने सर्तमा एक व्यक्तिले बताएका छन् । 

यसबारे प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले गैरकानुनी काम गर्ने कसैलाई पनि छुट नदिने बताउनुभएको छ । “अनाधिकृत रुपमा लगाइएको गाँजा प्रहरी लगाएर फाँड्न लगाउछु ।” उहाँले भन्नुभयो, “यदि प्रहरीले संरक्षण गरेको खुलेमा उनीहरुमाथि कडा कारबाही हुन्छ ।”

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post