sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » दिक्तेलमा ६ दिनपछि टेलिफोन सेवा सुचारु

खोटाङ, भदौ ८ । रेडियो लिंकको पुनःमर्मतपछि खोटाङ सदरमुकाम दिक्तेलमा टेलिफोन सेवा सुचारु भएको छ । रेडियो लिंक जलेका कारण मंगलबारदेखि अवरुद्ध ल्याण्डलाईन, नमस्ते तथा स्काई मोवाइल सेवा आइतबार दिउँसोबाट सुचारु भएको हो ।

६ दिनपछि बिराटनगरबाट रेडियो लिंकको पिसिएम बक्स ल्याएर फेरेपछि सबैप्रकारका टेलीफोन सुचारु भएको नेपाल टेलीकम खोटाङका लाइनमेन गोबिन्द घिमिरेले बताए । आईतबार बिहान बिराटनगरबाट खानीडाँडा आउने हवाइजहाजबाट रेडियो लिंकको नयाँ पिसिएम बक्स ल्याएर जडान गरिएको टेलीकमले जनाएको छ । विद्युतमा आएको गड्बडीका कारण सदरमुकाम दिक्तेलमा जडान गरिएको नेपाल टेलीकमको रेडियो लिंक जलेपछि टेलीफोन सेवा अवरुद्ध भएको थियो ।

सबै प्रकारका सञ्चार सेवा अवरुद्ध भएपछि सदरमुकाम र आसपासका उपभोक्ता मारमा परेका थिए । फोन अवरुद्ध हुँदा र इन्टरनेट सेवा समेत प्रभाबित हुँदा सबैभन्दा बढि जिल्लाका सञ्चारकर्मी मारमा पर्नेगरेका छन् । बेला–बेलामा विद्युतमा आउने गड्बडीका कारण सदरमुकाममा एनसेल मोवाइल समेत अवरुद्ध हुँदै आएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post