sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » संगीत विद्यालयद्धारा प्लाष्टिक विसर्जन अभियान

साउन–२४, पूर्वेली संगीत विद्यालय खोटाङद्धारा जिल्लामा प्लाष्टिक विसर्जन अभियान थालिएको छ । अपाङ्गता भएका व्यक्तिहरुद्धारा सञ्चालित संगीत विद्यालयद्धारा सदरमुकाम दिक्तेलका विभिन्न ठाउँमा जथाभावी फालिएका प्लाष्टिक विसर्जन अभियान थालिएको हो ।

वातावरणलाई जोगाउँदै खेर जाने प्लाष्टिकलाई प्रयोगगरि अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यका साथ जथाभावी फालिएका प्लाष्टिक विसर्जन अभियान थालिएको अभियानका संयोजक राजन पूर्वेलीले बताउनुभयो । “जथाभावी फालिएका प्लाष्टिक विसर्जन गर्नु हामी सबैको कर्तव्य हो ।” उहाँले भन्नुभयो, “त्यसैमाथि खेर गएका प्लाष्टिकबाट विभिन्न सामाग्री बनाएर आयआर्जनमा वृद्धि गर्न सकिने भएकाले अभियान थालेका हौं ।”

विद्यालयले सदरमुकाम दिक्तेलको विभिन्न ठाउँमा माईकिङ गर्दै अभियानमा सहयोग गरिदिन सबैसँग अनुरोध गरेको छ । विसर्जन गरिएको प्लाष्टिक संकलन गरेर ढाकी, टोकरी, टोपी, पिरा, खेलौना लगायतका सामाग्री निर्माण गरिने संयोजक पूर्वेलीको भनाइ छ ।

जिल्लामा प्लाष्टिकको उचित व्यवस्थापन नहुँदा जथाभावी फालिएको छ । हालसम्म नगरपालिकाले समेत फोहोर फाल्ने ठाउँको टुङ्गो लगाएको छैन ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post