sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खेलकुद बिकास समितिका नवनियुक्त अध्यक्ष्द्धारा पदभार ग्रहण

साउन–३२, जिल्ला खेलकुद बिकास समिति खोटाङका नवनियुक्त अध्यक्ष माइतीराज राईले पदभार ग्रहण गर्नुभएको छ । भर्खरै खेलकुद बिकास समितिका अध्यक्षमा नियुक्त हुनुभएका राईले सोमबार आफ्नो चार वर्षे पदभार ग्रहण गर्नुभएको हो । 

माटिकोरेको कबर्ड हलस्थित कार्यालयमा जिल्ला खेलकुद बिकास समितिले आयोजना गरेको स्वागत तथा बधाई ग्रहणपछि राईले औपचारिकरुपमा अध्यक्षको पदभार सम्हाल्न सुरु गर्नुभएको हो । अध्यक्ष राईले जिल्लाको खेलकुद क्षेत्रको बिकासकालागि सबै गाबिसलाई समान व्यबहार गर्ने बताउनुभयो । अध्यक्ष राईलाई शुक्रबार शान्ति सेवा समाज सप्तेश्वरले सम्मान गरेको थियो । 

सप्तेश्वर–३ का बक्सिङ खेलाडी रहेका अध्यक्ष राईले चार वर्षदेखि बक्सिङका स्वयंसेबक प्रशिक्षकको भूमीका निर्वाह गर्दै आउनुभएको छ । कार्यक्रममा नेपाल सितोरियो संघका जिल्ला अध्यक्ष सञ्जय राई, बुईपा फुटबल क्लबका अध्यक्ष दिनेश राई, सितोरियो प्रशिक्षक गोपाल राई, रेफ्री सागर राई, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई लगायतले जिल्लाको खेल क्षेत्रको बिकासकालागि निष्पक्षता प्रदर्शन गर्न नवनियुक्त अध्यक्षलाई सुझाव दिनुभएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post