sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » दिक्तेलमा मसाल जुलुस प्रदर्शनसहित बन्दको आह्वान

साउन–३०, पहिचानसहितको संघीयता हुनु पर्ने माग राख्दै संघीय समाजवादी फोरम नेपाल र वैद्य नेतृत्वको नेकपा–माओवादीले खोटाङको सदरमुकाम दिक्तेलमा शनिबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ । संघीयता सहितको संविधानको भावना विपरित छ प्रदेशको सीमाङ्कन गरेको भन्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् । 

नेपाल बन्दको प्रचारमा खोटाङमा नेकपा-माओवादी र संघीय समाजवादी फोरम नेपालले निकालेको राके जुलुस । उनीहरुले सिमांकन लगायत मस्यौदाको विरोधमा ३१ र ३२  गते नेपाल बन्दको घोषणा गरेका छन् । तस्बीरः युगसन किरात
आदिवासी जनजाति, मधेसी, महिला, शिल्पी समुदाय, अल्पसंख्यक, सीमान्तकृत, खस लगायतको अस्तिŒव नामेट हुने गरी संविधान बनाउन लागेकाले त्यसको विरोधमा मसाल जुलुस तथा आइतबार र सोमबार जिल्ला बन्दको आह्वान गरिएको संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष सूर्यबहादुर राईले बताउनुभयो । मसाल जुलुस सदरमुकाम दिक्तेलको रत्नपार्कबाट सुरु गरी बजार परिक्रमा गर्दै हाटडाँडामा पुगेर कोणसभामा परिणत भएको थियो । 

बन्दकर्ताले यातायात, शैक्षिक संस्था, कलकारखाना, पसल, उद्योग लगायत बन्द गर्न सबैसँग आह्वान गरेको छ । शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो आव्हान गरेको हो ।





यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post