sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङका आठ द्वन्द्वपीडित सम्मानित

साउन–२४, स्थानीय शान्ति समिति खोटाङले जिल्लाको पश्चिमी गाविस विजयखर्कका आठ जना द्वन्द्वपीडित परिवारलाई सम्मान गरेको छ । दश वर्षे जनयुद्धका क्रममा राज्य तथा द्वन्द्वरत पक्षबाट मारिएका आठ जना द्वन्द्वपीडित परिवारलाई सम्मान गरेको हो । 

समितिले द्वन्द्वका सयममा मारिएका विजयखर्क–३ का एकनाथ खनालकी श्रीमती मेनुका खनाल र जीवन राईकी आमा पुष्पकुमारी राई, विजयखर्क–४ का बलराम ढुङ्गानाका छोरा मोहन ढुङ्गाना र नुत्तराज ढुङ्गानाका बुबा बिलभद्र ढुङ्गाना, विजयखर्क–५ का सुमन रम्तेलका बुबा आइते सार्की र सञ्जीव राईकी आमा भक्तलक्षी राई, विजयखर्क–६ की कला राईकी आमा शोभा राई तथा विजयखर्क–७ का केशरी ढकालकी आमा बाटुलादेवि ढकाललाई सम्मान गरिएको समितिका संयोजक ललितकुमार राईले बताउनुभयो । उनीहरुलाई नगद दुई हजार ५०० रुपैयाँको साथमा सम्मानपत्र प्रदान गरिएको समितिले जनाएको छ । 

उनीहरुलाई समितिका पूर्व संयोजक रामप्रसाद दंगालबाट फिर्ता भएको तीस हजार रुपैयाँ रकमबाट सम्मान गरिएको संयोजक राईको भनाइ छ । दंगालले आफू संयोजक भएको समयमा द्धन्द्धपीडित परिवारको सीप विकास तालिमका लागि आएको दुई लाख रुपैयाँमध्ये एक लाख ४१ हजार रुपैयाँ हिनामिना गरेको राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

शान्ति मन्त्रालयबाट द्धन्द्धको समयमा पीडित भएका, मृत्यु भएका तथा अपाङ्गता भएकाहरूको लागि आयआर्जन तथा सीपमूलक तालिम गराउन गत आर्थिक वर्ष २०७०/०७१ मा दुई लाख रुपैयाँ आएको थियो । दंगालले एक महिना गराउनु पर्ने तालिम ४/५ दिन मात्र गराएको तालिममा सहभागीहरुले बताएका छन् । 

तोकिए अनुसार तालिम नपाएपछि मोटरवाईक वर्कशव तालिममा सहभागीहरुले छानबिनको माग गर्दै स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालय खोटाङमा उजुरी दिएका थिए । उनीहरुको उजुरीपछि दंगालले उक्त रकम फिर्ता गरेको समितिका पूर्व संयोजक समेत रहेका अध्यक्ष श्रेष्ठको भनाइ छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post