sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » हलेसीको बाँध भत्काउनेलाई कारबाही भएन

साउन–२४, धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसी महादेव गुफामा पस्ने भलबाढी छेक्न बनाइएको बाँध भत्काउनेलाई कारबाही भएको छैन । किरात, हिन्दु र बुद्ध धर्मालम्बीहरुको संगमलस्थल हलेसी गुफा संरक्षण गर्न निर्माण गरिएको बाँध स्थानीयले भत्काएपनि उनीहरुमाथि कारबाही नभएको हो । 

गुफाभित्र छिर्ने वर्षाको भलबाढी छेक्न बनाइएको बाँध भत्काइएको चार महिना बितिसक्दा पनि कारबाही प्रक्रिया अगाडि बढाउन कसैले चासो नदिएको दुर्छिमका स्थानीय कुवेर राईले बताउनुभयो । “हलेसीको गुफा जोगाउन बाँध बनाइएको थियो, तर त्यो भत्काइएको छ ।” राईले भन्नुभयो, “यसबारे अहिलेसम्म कसैले सोधखोज गरेको छैन, तत्काल छानबिनगरी उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

हलेसीको भैरवगुफा अगाडि सिमेन्ट र ढुङ्गा प्रयोगगरी निर्माण गरिएको डेढ मिटर अग्लो बाँधको फेदमा ठूलो प्वाल बनाइएको छ । गुफा संरक्षणका लागि निर्माण गरिएको बाँध भत्काउनेको पहिचान हुन नसकेको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । 

भैरव गुफाबाट प्रवेश गर्ने वर्षाको भलबाढीले हलेसी गुफा भासिने खतरा बढेपछि दुई वर्षअघि बाँध हालिएको थियो । मन्दिरमाथिको गुुराँसे, मोठडाँडा अर्थात पूर्वी क्षेत्रबाट झर्ने भलबाढी सिधै भैरब गुफाहुँदै महादेवस्थान रहेको डाँडोमुनिबाट छिरेर भित्र–भित्रैबाट अन्यत्र निकासा हुने गरेको छ । 

महादेव गुफाभन्दामुनि रहेको भैरव गुफाबाट छिर्ने ढलले हलेसीको जग भित्र–भित्रै कटान गर्ने भएकाले संरक्षणका लागि बाँध हालिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक तामन राईले बताउनुभयो । मन्दिरमुनिबाट निकासा हुने भलपानीले १९९०, २०४५ र २०७२ सालमा गएको भूकम्पले चर्किएको हलेसीलाई भासिन बल पु¥याएको निर्देशक राईको भनाइ छ । 

जयराम–हलेसी सडक खण्डमा कालोपत्रे गरेका ठेकेदार कम्पनी स्वच्छन्द निर्माण सेवाले स्थानीयवासीको अनुरोधलाई लत्याउँदै सडकको कुनाबाट बग्ने भलबाढी निकासा हुने पक्की ढललाई गुफातिर फर्काएर बनाएका थिए । बाँध भत्काइपछि त्रीधार्मिकस्थल हलेसीको अस्तित्व खतरामा परेको राप्रपा नेपाल खोटाङका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । “बाँधका कारण केही घर, होटल र जग्गा डुवानमा पर्ने भएकाले स्थानीयले जानाजान बाँध भत्काएको हो ।” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यसप्रति प्रशासनसमेत मौन देखिन्छ, तत्काल कारबाही गरिनुपर्छ ।”

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post