sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » » संबृद्ध खोटाङ निर्माणका लागि श्रमशिबिर


अजोज २ – जिल्ला बिकास समिति खोटाङले शनिबार एक दिने श्रमदान कार्यक्रम गरेको छ । श्रमको सम्मानमा जिबिसले ‘मेरो पहिचान–श्रमको सम्मान’ भन्ने नारासहित सदरमुकाम दिक्तेलनजिक रहेको जनजागृति प्राबि डाँडागाउँ पुगेर विद्यालयको भौतिक संरचना निर्माणका काम गरेको हो ।

श्रमप्रति सम्मान जगाउँदै संबृद्ध खोटाङ निर्माणकालागि एक दिने श्रम शिबिरको आयोजना गरिएको स्थानीय बिकास अधिकारी महेन्द्र सापकोटाले बताउनुभयो । गत चैत्रमा सम्पन्न २२ औं जिल्ला परिषदले स्वीकृत गरेअनुशार श्रमदान कार्यक्रम गरिएको जिबिसले जनाएको छ । श्रमदानको माध्यमबाट जनजागृति प्राबिको गेट, प्रांगणमा ढुंगाको पर्खाल, तारजालीको कम्पाउण्ड, ग्राउण्ड निर्माण, रंगरोगन, चर्पी सरसफाई, बाटो मर्मत, टनेल निर्माण, फूल तथा बृक्षारोपण लगायतका काम गरिएको छ ।

बिहान ८ बजेदेखि सुरु गरिएको श्रम शिबिरमा राजनैतिक दल, प्रशासन, सुरक्षाकर्मी, सरकारी तथा गैर–सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, पत्रकार, स्थानीय लगायतको उत्साहजनक सहभागीता रहेको थियो । शिबिरमा तीन सय बढिले स्वतःस्फुर्तरुपमा श्रमदान गरेका छन् । श्रमदान कायक्रमलाई बेला–बेलामा निरन्तरता दिइने जनाइएको छ । 

खोटाङको दिक्तेलस्थित जनजागृति प्राबिमा शनिबार जिबिसले गरेको श्रमदान अभियानमा काम गर्दै सहभागी  ।  नयाँ संबिधान जारी हुने अघिल्लो दिन श्रमदान अभियान थालिएको हो । तस्बिरः हाम्रो खोटाङ डटकम

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post