sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » मानव बेचबिखनबिरुद्धको दिवस मनाइयो

भदौ–२०, खोटाङमा ९ औं राष्ट्रिय मानव बेचबिखनबिरुद्धको दिवस मनाइएको छ । महिला तथा बालबालिका कार्यालयसँगको समन्वयमा महिला मानव अधिकार रक्षक सञ्जालको आयोजनामा आइतबार दिबस मनाइएको हो । जिबिसको समिक्षालय हलमा आयोजित कार्यक्रमा प्रहरी नायब उपरिक्षक बिद्यानन्द माझीले ‘मानव बेचबिखन तथा ओसारपसार, अपराध नियन्त्रणको प्रयास र यसका कानूनी प्राबधान’को विषयमा जानकारी दिनुभयो । कार्यक्रममा माझीले खोटाङमा भने मानवबेचबिखनका बिषयमा उजुरी नपरेको बताउनु भयो । रोजगार दिने, श्रीमती बनाउने, आर्थिक प्रलोभन, नशालुपदार्थ खुवाएर वा सुँघाएर, फेसबुक, मोबाइल र इन्टरनेटबाट फकाउने, मिठो खुलाउने, राम्रो लगाइदिने र शहरमा राख्ने प्रलोभनमा मानव बेचबिखन हुनेगरको माझीले जनाउनु भयो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुशार मानब बेचबिखन गर्ने अभियुक्तलाई २० वर्ष कैंद र २ लाख जरिवाना हुने व्यवस्था छ ।

कार्यक्रम राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैर–सरकारी कार्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो । जिल्ला मानव बेचबिखनका घटना नभेटिएपनि सजगता अपनाउनुपर्ने अवस्था रहेको सञ्जालकी अध्यक्ष पूर्णमायाँ तामाङ बताउनु भयो ।

कार्यक्रमको अवशरमा बाल दिबसको अवशरमा शुक्रबार आयोजना गरिएको निबन्ध लेखन प्रतियोगीताका बिजेतालाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने माउण्ट एभरेष्ट बोडिङ स्कुलका छात्र रोजनकाजी बस्नेत, दोश्रो स्थान प्राप्त गर्ने दिक्तेल इंलिस बोर्डिङ स्कुलकी छात्रा निशा राई, तेश्रो स्थान प्राप्त सरस्वती उच्च माबिकी सरस्वती राई र शान्त्वना स्थान प्राप्त माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका शैलेन्द्र कट्वाललाई पुरस्कार प्रदान गरिएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post