sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » गैंसस महासंघ खोटाङको जिल्ला अधिवेशनको तयारी पूरा

असोज–८  । गैंर सरकारी संस्था महासंघ खोटाङको पाँचौं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । असोज–९ र १० गते हुने महासंघको पाँचौं जिल्ला अधिवेशन तथा बाह्रौं साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जनाएको हो ।

अधिवेशन भव्यरुपमा सम्पन्न गर्नका लागि महासंघका पदाधिकारी तथा संस्थालाई जिम्मेवारी दिइएको पत्रकार सम्मेलनमार्फत जनाएको छ । महासंघको आफ्नै कार्यालयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

सदरमुकाम दिक्तेलमा हुने महासंघको अधिवेशनको अवसरमा शनिबार श्रमदान गर्ने, आइतबार गैससहरुले जिल्लाको विकासमा पु¥याएको योगदान तथा भावी रणनीतिका बारेमा अन्तरक्रिया गरिने जनाइएको छ ।

केन्द्रीय महासंघका कोषाध्यक्ष कृष्ण गौतमको प्रमुख आतिथ्यमा सम्पन्न हुने अधिवेशनमा जिल्लाको विकासमा उत्कृष्ठ काम गर्ने संघसंस्था तथा व्यक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ । एक सय ३४ गैंरसरकारी संस्था आवद्ध महासंघको अधिवेशनमा सर्वसहमतीले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post