sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » भिरालो जमिनमा खेलमैदान (फोटो फिचर)

खोटाङ, असोज ११, खोटाङको पश्चिमी गाविस च्यास्मिटार–४ दाल्फुमा खेलमैदान उद्घाटन गरिएको छ । गाविसको २ लाख ३५ हजार अनुदान र २ लाख १७ हजार ५ सयको श्रमदानमा निर्माण गरिएको खेलमैदान बुधबार उद्घाटन गरिएको हो । चट्टान काटेर निर्माण गरिएको २३ मिटर लम्वाई र ९ मिटर चौँडाइ रहेको खेलमैदान खम्वुवान राष्ट्रिय मोर्चाका खोटाङ अध्यक्ष तुलसी तिलुङ खम्वु र काँग्रेसका जिल्ला उप–सभापति देवेन्द्रकुमार राईले उदघाटन गरेका हुन् । 
फोटो: हाम्रो खोटाङ डटकम

स्थानीय सिर्जनात्मक एकता यूवा समुहको अगुवाईमा पाखो जग्गामा तलबाट पर्खाल लगाएर, माथिबाट चट्टान काटेर र वरीपरि घेरावारा लगाएर खेलमैदान निर्माण गरिएको हो । बिभिन्न समयमा गाबिसबाट बिनियोजन गरिएको बजेटबाट खेलमैदान निर्माण गरिएको सिर्जनात्मक एकता यूवा समुहका अध्यक्ष रसकुमार राईले बताए । उपेक्षितरुपमा रहेको खेलकुद बिकासकालागि गाउँमा आधाभन्दा बढि श्रमदान जुटाएर खेलमैदान निर्माण गरिएको हो । खेलकुदप्रति सकरात्मक धारणाको बिकास गर्दै खेल क्षेत्रको बिकासकालागि मैदान निर्माण गरिएको अध्यक्ष राईले जनाए । खेलमैदान साउनको पहिलो हप्ताबाट निर्माण शुरु गरिएको हो । सोच्दैनसोचिएको ठाउँमा खेलमैदान निर्माण भएपछि स्थानीय दंग छन् । ‘यस्तो भिरालो जग्गामा यत्ती ठूलो मैदान निर्माण होला भन्ने सोचेका पनि थिएनौँ,’ स्थानीय भगसेर राईले ‘तर गाउँले जुटेपछि बन्दो रहेछ ।’ 

खेलमैदान उद्घाटनको अवशरमा समुहले वडास्तरिय भलिवल प्रतियोगिता गरेको छ । प्रतियोगीतामा च्यास्मीटार उच्च मावि पहिलो, च्यास्मीटार–३ सार्पा दोश्रो र आयोजक श्रृजनात्मक एकता यूवा समुह तेश्रो भएका छन् । खेलमैदान उद्घाटन एबं भलिबल प्रतियोगीता कार्यक्रममा स्थानियको उल्लेखीय उपस्थिति रहेको थियो । 







यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post