sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » संबिधानको स्वागतमा दिपावली

असोज–३, नयाँ संबिधानको स्वागतमा एमाले निकट अनेरास्वबियुले खोटाङले शनिबार साँझ दिपावली गरेको छ । आईतबार जारी गर्न लागिएको नयाँ संबिधानको स्वागतमा अनेरास्वबियुले सदरमुकाम दिक्तेलको रत्नपार्कमा दिपावली गरेको हो ।
संबिधानको स्वागतमा दिक्तेलमा दिप प्रज्वलन गरेर दिपावली मनाइदै ।
तस्बिरः हाम्रो खोटाङ डटकम

नयाँ संबिधानको स्वागतमा सडकमा कोरिएको नेपालको नक्सामाथि दिप प्रज्वलन गर्दै दिपावली मनाइएको हो । नयाँ संबिधान जारी हुन लागेको खुसीयालीमा दिपावली मनाइएको अनेरास्वबियुका जिल्ला अध्यक्ष ओमप्रकाश घिमिरेले बताए । दिपावलीमा एमाले बैकल्पिक केन्द्रीय सदस्य राजन राई, एमाले अध्यक्ष बबी चामलीङ, उपाध्यक्ष राम दंगाल, सचिव देबबिक्रम राई लगायले सामुहिकरुपमा दिप प्रज्वलन गरेका छन् ।

संबिधानको स्वागतमा शनिबार दिउँसो एमालेले पनि दिक्तेल बजार परिक्रमा गरेको थियो । यस्तै, शुक्रबार एमाले नगर कमिटिले दिक्तेलमा भित्ते लेखन र युवा संघले दिपावली गरेको थियो । खोटाङमा नयाँ संबिधानलाई संयुक्तरुपमा स्वागतको तयारी भइरहेको छ । यसकालागि आईतबार छलफल हुने कांग्रेस सभापति बिष्णुकुमार राईले बताए ।
क्याप्सन ः

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post