sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » मादक पदार्थ सेवन गर्नेलाई थप्पड !

असोज–२, खोटाङको पश्चिमी गाबिस च्यास्मीटार दाल्फुका महिला मादक पदार्थको बिरुद्धमा जुटेका छन् । गाउँमा जाँडरक्सीको बढ्दो प्रयोग नियन्त्रणकालागि च्यास्मीटार–४ दाल्फुका महिला मादक पदार्थ बिरुद्धको अभियानमा जुटेका हुन् ।

आफ्नो गाउँलाई मदिरा निषेधित क्षेत्र बनाउने अभियान सफल बनाउनकालागि शनिबार स्थानीय सिर्जनात्मक एकता युवा समुहको पहलमा सरिता राईको संयोजकत्वमा ९ सदस्यीय मादक पदार्थको बिरुद्धको समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा सुनिता राई, सचिवमा दुर्गाकुमारी राई, सह–सचिवमा मनिषा राई र कोषाध्यक्षमा चित्रकुमारी राई चयन भएका छन् । समितिका सदस्यमा अस्मिता राई, मनकुमारी राई, प्रमिला राई र डोल्मा शेर्पा राई छानिएका छन् । समुहले मादक पदार्थ सेवनका बिरुद्धमा गाउँमा चेतनामूलक कार्यक्रम गर्ने, सम्झाइबुझाई गर्ने, मादक पदार्थले मानवीय स्वास्थ्यमा पु¥याउने अशरका बिषयमा सचेत गराउने लगायतका कार्यक्रम सञ्चालन गर्ने छन् ।

समुहको निर्देशन बिपरित गर्नेलाई बैठकले ‘भौतिक कारबाही’ गर्नेसम्मको अधिकार दिइएको सिर्जनात्मक एकता युवा समुहका अध्यक्ष रसकुमार राईले बताए । ‘समुहले मादक पदार्थका बिरुद्धमा सम्झाईबुझाई गर्नेछ,’ अध्यक्ष राईले भने, ‘अटेर गर्नेलाई थप्पड नै हान्न पनि पछि पर्ने छैन ।’

गाउँमा खुलेआम बिक्रीबितरण हुने जाँडरक्सीका कारण समाजमा झै–झगडा, हो–हल्ला तथा सामाजिक बिकृति फैलिन थालेकाले मादक पदार्थ निषेध अभियान थालिएको युवा समुहले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post