sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » स्थानीयलाई ठगी गरेको आरोपमा दुई युवा पक्राउ

भदौ–१६, चिठ्ठा पारी दिन्छु भन्दै स्थानीयलाई ठगी गरेको आरोपमा खोटाङका दुई युवा पक्राउ परेका छन् । नमस्ते नेपाल मल्टी प्रपोज कन्सर्टका प्रोप्राईटर भीम राई र स्थानीयबाट रकम संलकन गर्ने काजी खत्री पक्राउ परेका हुन् ।

आफूहरुलाई ठगी गरेको भन्दै स्थानीयले दिएको उजुरीको आधारमा उनीहरुलाई मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । “आफूहरुलाई ठगी गरेको भन्दै स्थानीयले  कारबाहीको मागसहित कार्यालयमा उजुरी दिएको छ ।” उहाँले भन्नुभयो, “स्थानीयले दिएको उजुरीको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा ठगी गरेको खुलेकाले मुद्दा दर्ता गरेर कारबाही थालिएको छ ।”

प्रहरीका अनुसार उनीहरुले जिल्लाका ७१० जना स्थानीयबाट प्रतिव्यक्ति आठ हजार ७०० रुपैयाँका दरले ठगी गरेको खुलासा भएको छ । प्रहरीले दिएको जानकारी अनुसार उनीहरुले स्थानीयबाट ६१ लाख ७७ हजार रुपैयाँ ठगी गरेको पाइएको छ ।

दिक्तेलबाट पक्राउ परेका दुवै जनाविरुद्ध बुधबार ठगी मुद्दा दर्ता गरेर कारबाही थालिएको प्रहरीले जनाएको छ । वर्षदिन अघि सदरमुकाम दिक्तेलको त्रिवेणीचौकमा कार्यालय खोलेर बसेका उनीहरुले केही समय चिठ्ठासमेत खोलेका थिए ।

उनीहरुले मोटरसाईकल, क्यामेरा, मोवाइल, टिभी, घडी लगायत चिठ्ठा पर्ने भन्दै किस्ताबन्दीमा रकम संकलन गर्ने गरेका थिए । उनीहरुले दिएको भाग्यशाली चिठ्ठासमेत केही समयपछि सम्बन्धित कम्पनीले खोसेर लगेको स्थानीयको भनाइ छ ।

यसअघि रकम संकलन गरिरहने तर चिठ्ठा नखोलेको भन्दै स्थानीयले दिएको उजुरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुले गत भदौ–९ र १५ गते चिठ्ठा खोल्ने मिति राखेर प्रहरीबाट छुटेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post