sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » ज्यान मार्ने मुद्धाका फरार अभियुक्त तीन वर्षपछि पक्राउ

भदौ–२०, खोटाङमा महिला कुटपिट मुद्धामा फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ । २०६९ साल पुस–६ गते स्थानीय गोमा परियारलाई कुटपिट गरी घाईते बनाएको महिना दिनपछिबाट फरार भएका खार्पा–९ का ५० वर्षीय मानबहादुर सार्कीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतले ४ वर्ष ११ महिना कैंद सजायको फैसला सुनाएका सार्की २०६९ साल माघ–७ गतेबाट फरार रहेको खोटाङका डिएसपी बिद्यानन्द माझीले बताउनु भयो । महिलालाई घाईते बनाएपछि सार्कीबिरुद्ध ज्यान मार्ने उद्योग दर्ता भएको थियो । उनलाई पक्राउ गरी अदालतमा बुझाइएको छ । पछिल्लो समय प्रहरीले लामो समयदेखि फरार अभियुक्त पक्राउ अभियान सञ्चालन गरिरहेको छ । यसकालागि अधिकृतको नेतृत्वमा बिशेष टोली परिचालन गरिएको डिएसपी माझीले बताउनु भयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post