sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » अब खोटाङको विकासमा लाग्छु : सभाषद पिके

खोटाङ ५ असोज । खोटाङका सभाषद पाँचकर्ण राई 'पिके'ले नयाँ संविधान जारी भएकोमा बधाई तथा आफूलाई सभाषद पदमा जिताएकोमा जिल्लाबासीलाई धन्यवाद दिनुभएको छ ।

६३ वर्ष लामो प्रतिक्षापछि आफुले चुनेको प्रतिनिधिमार्फत संविधान जारी भएको खुसीयालीमा सभाषद राईले जिल्लाबासीलाई धन्यवाद ज्ञापन गर्नुभएको हो । नयाँ संविधान जारी भएसँगै मुलुकमा नयाँ युगको थालनी भएको सभाषद राईको भनाई छ ।

प्रतिनिधिकारुपमा चयन गरेर संविधान जारी गर्ने अवशर दिएकामा राईले जिल्लाबासीप्रति आभार समेत प्रकट गर्नुभएको छ । ‘बिशेषगरी नयाँ संविधान पाएकामा जिल्लाबासीलाई बधाई छ,’ सभाषद राईले भन्नुभयो, ‘संविधान जारी गर्ने अवसर दिनुभएकामा यहाँहरुलाई हार्दिक धन्यबाद छ ।’ 

नयाँ संविधानले संघीय लोकतान्त्रिक शासन व्यवस्था, समाबेसीकरण, धर्म निरपेक्षता, मिश्रित निर्वाचन प्रणाली, संघीय संरचनालाई प्रत्याभुती गरेको राईले बताउनुभयो । ‘संविधानले मधेसी, थारु, मुस्लिम, जनजाती, महिला, दलितको आयोगको व्यवस्था गरेको छ,’ सभाषद राईले भन्नुभयो, ‘जनताको मौलिक हकलाई संविधानले फराकिलो बनाएको छ ।’ 

‘अब खोटाङको विकासमा ध्यान केन्द्रित गर्छु’ 
संविधान जारी भएपश्चात व्यवस्थापिका सदस्य बन्नु भएका सभाषद राईले अब खोटाङको विकासमा आफ्नो ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

संविधान निर्माणको काम पूरा भएकाले अब जिल्लाको विकास, निर्माण र संबृद्धिलाई पहिलो प्राथमकितामा राखेर सक्रियरुपमा काम गर्ने उहाँको भनाई छ । ‘ओखलढुंगा र खोटाङको जयरामस्थित दुधकोसी पुल आगामी ६ महिनाभित्र पूरा गर्नेगरी कालिका कन्ट्रक्सन र हुलासलाई दबाब दिइरहेको छु,’ सभाषद राईले भन्नुभयो, ‘गाईघाट–दिक्तेल सडक खण्ड अन्तरगत सुनकोसीस्थित फोक्सिङटारको पुल बनाउनमा पनि तदारुकताका साथ लाग्ने छु ।’ सभाषद राईले कछुवाको गतिमा भइरहेको दिक्तेल–हलेसी सडकलाई तिब्रता प्रदान गर्न पनि लागी पर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

यसबाहेक राईले खोटाङको उत्तरी क्षेत्र ऐसेलुखर्क जोड्ने रावा खोलाको दुई वटा मोटरेबल पुल चाँडो पूरा गर्न, जिल्लाको शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिको क्षेत्रको पुर्वाधार निर्माणका क्षेत्रमा सक्रियरुपले लाग्ने बचनबद्धता जाहेर गर्नुभएको छ । संविधानसँगै सुरु भएको नयाँ युगमा जिल्लाको बिकास र संबृद्धिको युगमा प्रबेश गराउन हरेक क्षेत्रमा साझा सहमतीकासाथ अघि बढ्न सभाषद राईले आग्रह गर्नुभएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post