sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » प्रअ र व्यवस्थापन समितिको झगडाले बिद्यालय लथालिंग

खोटाङ, असोज ११, खोटाङको खार्मी–५ स्थित जालपा निमाविमा ताला लाग्दा विद्यार्थीको पठन–पाठन अन्यौलमा परेको छ । व्यवस्थापन समितिका अध्यक्ष श्याम राई र प्रधानाध्यपक मदन श्रेष्ठको आन्तरिक कलहका कारण बिद्यालयमा ताला लाग्दा १५४ छात्राछात्राको पठनपाठन अन्यौलमा परेको हो । 

दुईपक्ष बीचको द्धन्द्ध बढ्दैजाँदा बिद्यालयको प्रशासन कक्षमा आईतबार अनिश्चितकालिन ताला लागेको छ । व्यवस्थापन समितिका अध्यक्ष राईको निर्देशनमा शिक्षक अभिभाबक संघका अध्यक्षका टंकबहादुर तामाङ नेतृत्वको अभिभाबकले बिद्यालयमा ताला लगाएको अभिभाबकले बताएका छन् । प्रधानाध्यपक श्रेष्ठ प्रशासन कक्षमा चाँबी हालेर हाजिरी पुस्तिका सहित असोज–१ गतेदेखि बिद्यालय छाडेर हिँडेका कारण ताला लागेको व्यवस्थापन समितिका अध्यक्ष राईले बताए । प्रशासन कक्षा थुनिएपछि त्यहाँ राखिएका अन्य कक्षा कोठाको चाँबी समेत थुनिएको छ । 

आईतबार बिद्यालयमा गएपनि ताला लागेका कारण बाहिरै कक्षा सञ्चालन गरिएको शिक्षक धनकेसर राईले बताए । स्थानीयका अनुसार बिद्यालयको आर्थिक बिषयमा प्रअ र व्यवस्थापन समितिको बिवाद चुलिँदै गएका कारण बिद्यालय लथालिंग अवस्थामा पुगेको छ । कतिपय शिक्षकहरु बेलामा नआउने, आएपनि समय अगावै फर्कने, बिद्यार्थी समेत मनलाग्दी आउनेजाने गर्नेगरेका कारण कहिल्यै ‘कोर्स’ पूरा नहुने गरेको एक अभिभाबकले बताएका छन् । 

बिद्यालयमा उपयुक्त शैक्षिक वाताबरण सिर्जना हुन नसक्दा बालबच्चाको भविष्य बिग्रिने चिन्ताले अभिभाबक पिडित छन् । व्यवस्थापन समिति र प्रअ आ–आफ्नो ठाउँमा चुस्तदुरुस्त नभएको पाइएको श्रोतव्यक्ति राजकुमार राईले बताए । प्रअ श्रेष्ठमाथि २ लाख ५६ हजार बेरुजु देखिएको, बिद्यालयको आन्तरिक श्रोतलाई चुस्तदुरुस्त नराखेको, शिक्षिका संगिता राईलाई तलवभत्ता नदिएको, दुई वर्षदेखि अडिट नगराएको, समाजिक लेखापरक्षिण नगराएको आरोप छ । 

यस बिषयमा प्रतिक्रिया लिन खोज्दा प्रअ श्रेष्ठसँग सम्पर्क हुन सकेन । तलवको माग गर्दै बिद्यालय र व्यवस्थापन समितिमा संगीताको उजुरी परेपछि प्रअ श्रेष्ठ बिरुद्ध भदौ–२ गते जिल्ला प्रशासन कार्यालयमा व्यवस्थापन समितिकैतर्फबाट उजुरी परेको थियो । बैसाख–१ गतेदेखि साउन–६ गतेसम्मको अवधिमा एक हप्ता मात्र बिद्यालय खुलाएको भन्दै साउन–२९ गते बसेको अभिभावकको भेलाले श्रेष्ठलाई कारबाहीकालागि प्रसासनमा उजुरी दिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post