sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » बङ्गुर पालन व्यवसायप्रति कृषक आकर्षित

खोटाङ, १२ असोज । बङ्गुर पालन व्यवसायप्रति जिल्लाका कृषक आकर्षित भएका छन् । जिल्लामा उत्पादित बङ्गुर बाहिरी जिल्लामा समेत निकासी हुन थालेपछि जिल्लाका कृषक बङ्गुर पालन व्यवसायप्रति आकर्षित भएका हुन् । 

तराईसँगको सिधा यातायात सञ्चालन भएलगत्तै जिल्लामा आधिकारित रुपमा फार्म दर्ता गरेर १८ जनाले बङ्गुर पालन सुरु गरेका छन् । जिल्लामा उत्पादित बङ्गुरको मासु सदरमुकाम दिक्तेलमा प्रति केजी २५० रुपैयाँमा बिक्री हुने गरेको छ । 

गत चैत्रमा सम्पन्न खोटाङको २२ औं जिल्ला परिषद्ले समेत जिल्लामा बङ्गुर पालन व्यवसायलाई प्राथमिकता दिनुपर्ने निर्णय पारित गरेको छ । बङ्गुरका लागि जिल्लाको हावापानी अनुकुल भएको पाइएपछि परिषदले बङ्गुर पालन व्यवसायलाई प्राथमिकता दिनुपर्ने निर्णय परिषद्बाटै पारित गरेको हो । 
जिल्लामा बङ्गुर पालन व्यवसायलाई प्रभावकारी बनाउन मणि राईको संयोजकत्वमा खोटाङ बङ्गुर उत्पादन संघ समेत गठन गरिएको छ । जिल्लाका बङ्गुर पाल्ने व्यवसायीलाई एक जुट बनाएर अझ प्रभावकारी रुपमा विकास गर्न संघ गठन गरिएको संघका सचिव हेमविक्रम राईले जानकारी दिनुभयो । 

जिल्लामा अहिले विभिन्न हाटबजारमा गरी हप्तामा दुई हजार ५०० क्वीनटल बङ्गुरको मासु बिक्री हुने गरेको संघले जनाएको छ । जिल्लामा पालिने बङ्गुरको पाठा जिल्लाकै विभिन्न ठाउँमा उत्पादन गर्ने गरिएको छ । 
जिल्लामा आवश्यक बङ्गुरको पाठा उत्पादन गर्न नुनथलामा चारवटा फार्म सञ्चालन गरिएको सचिव राईले बताउनुभयो । “फार्ममा उत्पादित बङ्गुरको पाठा दुई हजार ५०० देखि तीन हजार सम्ममा बिक्री हुन्छ ।” उहाँले भन्नुभयो, “नुनथलामा उत्पादित बङ्गुरको पाठा पछिल्लो सयम छिमेकी जिल्लामा समेत निर्यात हुने गरेको छ ।” 

जिल्लाका कृषक बङ्गुर पालन व्यवसायप्रति आकर्षित हुन थालेपछि कार्यालयको तर्फबाट खोर निर्माण, उन्नत जातको वीर (भाले बङ्गुर) उपलब्ध तराउनुका साथै प्राविधिक सहयोग गर्ने गरिएको जिल्ला पशु सेवा कार्यालय खोटाङका वरिष्ठ पशुविकास अधिकृत हरिप्रसाद खनालले बताउनुभयो । “बङ्गुर उत्पादनका लागि खोटाङमा अनुकुल वातावरण छ ।” उहाँले भन्नुभयो, “यसलाई अझ प्रभावकारी बनाएर कृषकलाई सहयोग गर्न जिल्लामै दाना उत्पादन गर्ने तयारीमा छौं ।”

जिल्लाका कृषकलाई बङ्गुर पालनका लागि सरकारी तथा गैंरसरकारी कार्यालयले समेत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । अधिकांश किराती वस्ती भएको खोटाङमा प्रत्येक घरपरिवारले दुईदेखि चारवटासम्म बङ्गुर पाल्ने गरेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post