sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » सितोरियो कराते संघलाई १ लाख ७३ हजारको खेल सामग्री

भदौ–२०, शुभेच्छुक व्यक्ती तथा संस्थाबाट नेपाल सितोरियो कराते संघ खोटाङलाई १ लाख ७३ हजार बराबरको खेल सामग्री प्राप्त भएको छ । सितोरियो कराते खेलको बिकासकालागि शुभेच्छुकबाट फरक–फरक समयमा ६० हजारको चार वटा ऐन, ३५ हजार बराबरको उद्धार सामग्री, ३० हजारको सोलार बत्ती, २० हजारको टिभी, १५ हजारको साउण्ड सिस्टम र १३ हजारको हिल ट्यांक प्राप्त भएको हो ।

अभ्यास गरिरहेका रितोरियो करातेका प्रशिक्षार्थीको प्रयोगकालागि सितोरियो कराते प्रशिक्षक बिचारी तामाङले स्वर्गीय बुबाको नाममा र सबिना राईले स्वर्गीय हजुरआमाको नाममा ६ फिट लम्बाई र ४ फिट चौंडाई भएको ऐना प्रदान गरेका छन् । यस्तै, जिल्ला खेलकुद बिकास समितिका पुर्वअध्यक्ष सनमान खड्का र व्यवसायी राजु बजीमयले सोही आकारको एक÷एक वटा ऐना उपलव्ध गराएका संघका अध्यक्ष सञ्जय राईले जानकारी दिनुभयो ।

सितोरियो संघलाई किरात राई खेलकुद संघले ७ थान झम्पल, ७ थान बेल्चा, ७ थान गैंती, ८ थान हेलमेट, ९ थान ह्याम्मर, २ जोर गम्बुट र २ थान ह्याक्सो लगायतका उद्धारका सामग्री प्रदान गरेको छ । इलेक्ट्रोनिक्स व्यवसायी केशव थापाको पहलमा दिक्तेलका सोलार व्यवसायीबाट कबर्डहलकालागि सोलार सेट, नेर्पाका भोगेन एक्लेले टिभी, बाम्राङका भीम राई र दिक्तेलका सरोज आचार्यबाट हिल ट्यांक प्राप्त भएको अध्यक्ष राईले जानकारी दिनुभयो । बिभिन्न समयमा प्राप्त भएको खेलकुद सामग्रीका बिषयमा शनिबार बिहान माटिकोरेस्थित कबर्डहलमा कार्यक्रम गरी जानकारी दिइएको छ । कार्यक्रममा खेल सामग्री हस्तान्तरण गर्ने शुभेच्छुकलाई संघले खादा ओढाएर सम्मान गरेको छ ।

सितोरियो संघमा जिल्लाका डेढ सय प्रशिक्षार्थी खेलाडीहरुले अभ्यास गर्दैआएका छन् । संघलाई यसअघि हङकङमा बसोबास गर्दैआएका सहयोगीबाट एक थान ‘फोर इन वान’ प्रिन्टर प्राप्त भएको थियो । हाल हङकङमा बसोबास गरिरहेका खोटाङ खार्ताम्छाका नवराज राईको संयोजकत्वमा सितोरियो कराते संघलाई प्रिन्टर, फ्याक्स, फोटोकपी र स्क्यानर सहितको एक थान प्रिन्टर प्राप्त भएको संघले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post