sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » २००७ देखिको युगान्तकारी सपना साकार : सभाषद भट्टराई

असोज ४ । खोटाङबाट प्रत्यक्ष निर्वाचित सभाषद विशाल भट्टराईले नयाँ संविधानको घोषणासँगै २००७ सालदेखिको युगान्तकारी सपना साकार भएको बताएका छन् ।

असोज ३ गते आइतबार नयाँ संविधान जारी भएलगत्तै सामाजिक सञ्जाल फेसबुकबाट उनले खुसी बाँड्दै गणतन्त्र, लोकतन्त्र, समाबेशिता, धर्मनिरपेक्षता र संघीयता सहितको जनाधिकार सम्पन्न भएको समेत उल्लेख गरेका छन् ।

सभाषद भट्टराईले संविधान लेखन जस्तो महत्वपूर्ण जिम्मेवारीमा पुर्याउने सम्पुर्ण नेपाली जनता तथा सम्पुर्ण खोटाङबासी जनताप्रति हार्दिक आभार एवं सुभेक्षा पनि प्रकट गरेका छन् ।

उनले मौलिक हक र नागरिक कर्तव्य सहितको जातीय, लैङिक, क्षेत्रीय , भाषिक,सान्स्कृतिक,धार्मिक विभेद पूर्णतः अन्त्य भएको तथा देशको सार्बभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्बभौमसत्ता अपरिबर्तनिय, अन्य बिषयमा लचकदार रहेको यो संविधानका हर्ष र उल्लास छाउन सफल पक्ष रहेको जनाएका छन् ।

आइतबारको दिनलाई सभाषद भट्टराईले नेपाली जनताले ६५ बर्षपछि आफुले चुनेका प्रतिनिधि मार्फत बनाएको संविधान जारी गरेको ऐतिहासिक र गौरवशाली दिनको रुपमा पनि लिएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post