sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » एलडिओ र पत्रकारको भेटघाट

खोटाङ, असोज–१४, खोटाङका स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले जिल्लाका पत्रकारसँग भेटघाट गर्नुभएको छ । गत आईतबार जिल्ला विकास समितिमा स्थानीय बिकास अधिकारीको जिम्मेवारी सम्हाल्न आएलगत्तै पाण्डेले बुधबार जिल्लाका पत्रकारसँग भेटघाट तथा परिचयत्मक कार्यक्रम गर्नुभएको हो।

जिल्लाको बिकास निर्माणका सवालमा सुझाव लिँदै सहकार्यकालागि स्थानीय बिकास अधिकारी पाण्डेले पत्रकार भेटघाट गरेको बताउनुभएको हो । नयाँ स्थानीय बिकास अधिकारी जिल्ला आएलगत्तै पत्रकारसँग छुट्टै भेटघाट गरेको यो पहिलो हो । स्थानीय बिकास अधिकारी पाण्डेले जिल्ला आएलगत्तै राजनैतिक दल, कर्मचारी लगायतसँग पनि छुट्टा–छुट्टै भेटघाट गरिसक्नु भएको छ ।
स्थानीय बिकास अधिकारी पाण्डे, प्रमुख ईन्जिनियर राजु श्रेष्ठ, योजना अधिकृत नरहरी सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई, महासंघका सल्लाहकार कृष्ण आचार्य र डम्बरसिं राई, प्रेस युनियनका जिल्ला सभापति दिलीप खत्री, प्रेस चौतारीका अध्यक्ष हरिबोल आचार्य, क्रान्तीकारी पत्रकार संघका अध्यक्ष सुर्य तामाङ, आदिबासी जनजाती पत्रकार महासंघका अध्यक्ष केदार मगर, स्थानीय छापा तथा बिद्युतीय सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको पहिलो भेटघाटले हरेक महिनाको १३ गतेका दिन नियमित भेटघाट गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा स्थानीय बिकास अधिकारी पाण्डेले विकासका हरेक योजनालाई भ्रष्टाचारमुक्त र पारदर्सी ढङ्गबाट संचालन गर्न पहल गर्ने बताउनु भयो । उहाँले जिल्ला विकास समित र सञ्चारकर्मीको सम्बन्ध नजिक हुनुपर्ने र बिकासमा हातेमालो गर्नुपर्ने उल्लेख गर्नुभयो ।

यसअघि जिल्ला आएलगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिद्यानन्द माझीले पत्रकारलाई ईमेलमार्फत सुचना दिने व्यवस्थाको सुरुवात गरिसकेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post