sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » जनबिश्वास जित्ने प्रहरीको यस्तो ‘कन्सेप्ट’ (फोटो फिचर)

खोटाङ, असोज २३, अपराध रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले ‘ग्रामिण गस्ती तथा घरदैलो अभियान’ सुरु गरेको छ । गाउँ–गाउँमा प्रहरीको उपस्थिति देखाएर शान्तिपूर्ण र अपराधबिहिन समाज निर्माणकालागि कार्यालयले जिल्लामै पहिलोपल्ट ‘ग्रामिण गस्ती तथा घरदैलो अभियान’को सुरुवात गरेको हो ।

ग्रामिण गस्ती तथा घरदैलो कार्यक्रम’का बिषयमा जानकारी दिँदै डिएसपी बिद्यानन्द माझी ।
घरदैलो कार्यक्रम गरी प्रहरी र जनतासँगको सामिप्यतालाई अझ बढाउँदै सामाजिक अपराध एबं बिकृति नियन्त्रण गर्नकालागि ‘ग्रामिण गस्ती तथा घरदैलो अभियान’को अवधारणा अघि सारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिद्यानन्द माझीले बताउनुभयो । जिल्लाका राजनैतिक दल, उद्योगी, व्यवसायी, अधिकारकर्मी, नागरिक समाज, पत्रकार, ईलाका प्रहरी कार्यालय र प्रहरीचौकीका इन्चार्जलाई शुक्रबार एकैथलोमा राखेर ‘ग्रामिण गस्ती तथा घरदैलो कार्यक्रम’को बिषयमा जानकारी दिइएपछि अभियानको सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दशैंतिहारको अवशरमा सुरु गरिएको अभियान जिल्लामा निरन्तर सञ्चालन गरिने डिएसपी माझीले जानकारी दिनुभयो । 

प्रहरी र जनताको सहकार्यमा स्थान बिशेषको समस्या पहिचान गर्दै समाधानका उपाय खोज्न, प्रहरी जनताको सेबकको हो भन्ने भावना जगाएर सुरक्षाको प्रत्याभूती दिलाउन, फरार अपराधिहरुको निगरानी गर्ने लगायतका उद्धेश्यसहित जिल्लामा ‘ग्रामिण गस्ती तथा घरदैलो कार्यक्रम’ सुरु गरिएको कार्यालयले जनाएको छ । डिएसपी माझीले आ–आफ्नो क्षेत्रमा साप्ताहिक गस्ती तालिका तयार पारेर कार्यान्वयन गर्न मातहतका इकाईलाई निर्देशन दिनुभएको छ । अभियान सफल बनाउनकालागि ईलाका प्रहरी कार्यालय र प्रहरीचौकीका सबै इन्चार्जलाईलाई ‘ग्रामिण गस्ती तथा घरदैलो अभियान’ लेखिएको झोला बितरण गरिएको छ । पुर्व सांसद कुलप्रसाद फुयाँलले प्रहरीले जिल्लाको इतिहासमै प्रशंसनीय र चुनौतीपूर्ण कामको सुरुवात गरेको बताउनुभयो । 
ग्रामिण गस्ती तथा घरदैलो कार्यक्रम’का बिषयमा जानकारी दिन आयोजित कार्यक्रममा सहभागी प्रहरी इन्चार्जहरु ।
ग्रामिण गस्ती तथा घरदैलो कार्यक्रम’का बिषयमा जानकारी आयोजित कार्यक्रमका सहभागीहरु ।
ग्रामिण गस्ती तथा घरदैलो कार्यक्रम’मा खटिने प्रहरी इन्चार्जलाई झोला हस्तान्तरण गर्दै स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डे 

ग्रामिण गस्ती तथा घरदैलो कार्यक्रम’मा खटिने प्रहरी इन्चार्जलाई झोला हस्तान्तरण गर्दै शेरगणका गणपती मदन न्यौपाने ।
ग्रामिण गस्ती तथा घरदैलो कार्यक्रम’मा खटिने प्रहरी इन्चार्जलाई झोला हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटा ।
 तस्बिर: हाम्रोखोटाङडटकम

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post