sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » एक लाख रुपैयाँको पत्रकार कल्याणकारी कोष खडा

खोटाङ,  असोज–२५, वृत्तचित्र प्रदर्शन गरेर जम्मा भएको रकमबाट खोटाङमा पत्रकार कल्याणकारी कोष खडा गरिएको छ । प्रेस चौतारी नेपाल खोटाङको पहलमा ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्र प्रदर्शन गरेर जम्मा भएको रकमबाट एक लाख रुपैयाँ बराबरको कल्याणकारी कोष खडा गरिएको हो । 

जिल्लामा क्रियासिल पत्रकारहरुमाथि आइपर्नसक्ने समस्यालाई समाधान गर्ने उद्देश्यले कल्याणकारी कोष खडा गरिएको प्रेस चौतारी नेपाल खोटाङका अध्यक्ष हरिवोल आचार्यले बताउनुभयो । “पत्रकारहरुका लागि आइपर्नसक्ने समस्या समाधान गर्न हालसम्म जिल्लामा कुनै कोष छैन ।” उहाँले भन्नुभयो, “त्यसैले तत्काल उद्धार तथा सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले पत्रकार कल्याणकारी कोष खडा गरिएको हो ।”

प्रेस चौतारी नेपालका केन्द्रीय सचिव गणेश पाण्डेले निर्माण गर्नुभएको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ च्यारिटी–शोबाट साँढे तीन लाख बढी संकलन भएको आचार्यले जानकारी दिनुभयो । गत वैशाखमा गएको विनाशकारी भूकम्पको समयमा भाग्यबस बाँच्न सफल नेपालीको कथालाई समेटेर तयार पारिएको वृत्तचित्र असोज–२२ र २३ गते दिक्तेलमा प्रदर्शन गरिएको थियो । 

नेपाल बाहेक विदेशमासम्म प्रदर्शन गरिसकिएको ५५ मिनेट लामो वृत्तचित्रमा भूकम्पकाबेला धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि सो भूकम्पमा परेर बाँच्न सफल ७ नेपालीको कथालाई समेटिएको छ ।



यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post