sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » सातौँ राष्ट्रिय खेलकुदको छनौट प्रतियोगीता सुरु

खोटाङ, असोज–२६, सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीताकालागि खोटाङमा छनौट खेल सुरु भएको छ । आगामी कार्तिक–११ देखि १७ गतेसम्म सञ्चालन हुने क्षेत्रीय स्तरको प्रतियोगीतामा पठाउने योग्य खेलाडी छान्नकालागि सोमबारबाट छनौट खेल सुरु गरिएको हो । 

दिक्तेलस्थित माटिकोरे खेल मैदानमा शेरगणका गणपती मदन न्यौपानेले प्रमुख अतिथिकारुपमा छनौट खेल उदघाटन गर्नुभएको हो । प्रतियोगीता उदघाटन लगत्तै भलिबलतर्फको छनौट खेल सञ्चालन गर्ने भनिएपनि समय अभावमा ‘शो–म्याच’ मात्र सञ्चालन गरिएको जिल्ला छनौट मूल आयोजक कमिटिका संयोजक एबं जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष माईतीराज राईले बताउनुभयो । उदघाटन कार्यक्रमपछि कर्मचारी र राजनैतिक दलबीच गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगीतामा कर्मचारीको समुह बिजयी बनेका छन् ।

भलिबलतर्फको छनौट प्रतियोगीता दिक्तेलस्थित माटिकोरे खेल मैदानमा, फुटबल र एथ्लेटिक्सतर्फको छनौट प्रतियोगीता पनि माटिकोरे खेलमैदानमा, टेबलटेनिसतर्फको प्रतियोगीता नुनथलामा मंगलबार सञ्चालन गरिने मूल आयोजक कमिटिले जनाएको छ । यस्तै, ब्याडमिन्टनको छनौट प्रतियोगीता माटिकोरे कबर्डहलमा, चेस छनौट प्रतियोगीता कबर्डहलमा, तेक्वान्दोको छनौट खेल बाक्सिलामा बुधबारदेखि र सितोरियोतर्फको छनौट खेल बिहिबारदेखि माटिकोरे खेलमैदानमा सञ्चालन गरिने अध्यक्ष राईले जानकारी दिनुभयो । जिल्लाको छनौट प्रतियोगीताबाट छानिएका खेलाडीहरुले आगामी कार्तिक–११ देखि १७ गतेसम्म सञ्चालन हुने क्षेत्रीय स्तरको छनौट प्रतियोगीतामा भाग लिन पाउने खेलकुद बिकास समितिले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post