sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » साहित्यकार भारतीय हस्तक्षेप बिरुद्ध सडकमा ओर्लिए

खोटाङ, असोज १६, भारतीय हस्तक्षेपका बिरुद्ध खोटाङमा सडकमै साहित्य बाचन गरिएको छ । नेपालको संबिधान आफू अनूकुल नभएको रिसमा भारतले नेपालको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको बिरोधमा सदरमुकाम दिक्तेलको त्रिबेणीचोकमा शनिबार सडकमै साहित्य बाचन गरिएको हो ।

‘नेपालको स्वतन्त्रतामाथिको भारतीय हस्तक्षेप बिरुद्ध सडक साहित्य बाचन कार्यक्रम’ बिषयक साहित्य बाचन कार्यक्रममा जिल्लाका एक दर्जन बढि साहित्यकारले कबिता, गजल र मुक्तकको माध्यमबाट भारतीय हस्तक्षेपको कडा बिरोध गरेका छन् । नेपालको संबिधान बनेकोमा छिमेकीको हैसियतले समर्थन जनाउनुपर्नेमा भारतले अन्र्तराष्ट्रिय कानुन र कुटनितिक मर्यादा विपरित नाकाबन्दी गरेर हेपाहा प्रबृत्ति देखाएको साहित्यकारहरुले बताएका छन् । उनीहरुले स्वतन्त्र देशमाथि भएको भारतीय हस्तक्षेपका बिरुद्ध चुप लागेर बस्न नहुनेमा जोड दिएका छन् । भारतीय हस्तक्षेपका बिरुद्ध जिल्लामा चरणबद्ध आन्दोलन गर्दै आएको अनेरास्वबियुले राष्ट्रिय जनसाँस्कृतिक महासंघसँगको सहकार्यमा साहित्यकारलाई सडकमै उतारेको हो ।

नेपालको हरेक निर्णायक आन्दोलनको सफलताको पछाडि साहित्यकारको हात रहने गरेका कारण भारतीय हस्तक्षेपका बिरुद्ध साहित्यकर्मीलाई सडकमै उतारेर साहित्य बाचन गरिएको अनेरास्वबियु खोटाङका अध्यक्ष ओमप्रकाश घिमिरेले बताए । नाकाबन्दीपछि आत्मनिर्भर बन्ने बिकल्प खोज्न र राष्ट्रियता सवालमा नेपालीलाई एक ठाउँमा उभिनुपर्ने स्थिति सिर्जना गरेको उनले जनाए । साहित्यकार शरण खत्री मृदुल, केदार सत्याल, बोधराज पौडेल, गोबिन्द बिसाचा, यूनिक साम्पाङ, प्रमोद श्रेष्ठ, अटल क्रान्तीकारी, प्यास्पी चामलीङ लगायत १५ श्रष्टाहरुले साहित्य बाचनमार्फत भारतीय नाकाबन्दीको बिरोध जनाएका छन् ।

अनेरास्वबियुले गत बिहिबार दिक्तेलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाएका थिए भने, नेपालको स्वतन्त्रतामाथिको हस्तक्षेप रोक्न दवाव स्वरुप गत असोज–९ गते सदरमुकाम दिक्तेलमा युवा संघसँग मिलेर भारतीय प्रधानमन्त्रीको तस्बिरमा जुत्ताको माला लगाएर कालो मोसो दलेको अनेरास्वबियुले बुधबार बिहान पनि दिक्तेल क्याम्पसमा बिरोधसभा गरेको थियो ।

यो पनि पढ्नुहोस ।

भारतीय नाकाबन्दीको बिरोधमा साहित्यकार 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post