sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » चन्दा दानबाटै सडक निर्माण

खोटाङ, असोज–२४, खोटाङको बुईपा–१ र २ का स्थानीयले आफ्नै पहलमा सडक बनाएका छन् । गाउँमा यातायात सेवाको पहुँच बिस्तारकालागि बुईपा–१ र २ का २८ घरपरिवारले साँढे ३ किलोमिटर लामो सडक बनाएका हुन् ।

उपभोक्ताबाट चन्दा उठाएर जम्मा गरिएको ५ लाखको खर्चमा नेवार टोलदेखि केराबारी जोड्ने सडक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मिलन राईले बताउनुभयो । बीना अनुदान स्थानीयको एक्लो प्रयासमा निर्माण गरिएको सडकले गाउँमा उत्पादित कृषि उपज आयत गर्न र निर्यात गर्ने बाटो खुलेको छ ।

 रैछाकुले कृषि सडक नामाकरण गरिएको सडकबाट केरा, आँप, कटहर, लिची लगायतका फलफुललाई दिक्तेल, अर्खौले, हलेसी पु¥याउन सहज भएको स्थानीय कृषक रामकुमार राईले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post