sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » श्रीमानको मुक्का प्रहारबाट श्रीमतीको ज्यान गयो

खोटाङ, कात्तिक–११ । श्रीमानको मुक्का प्रहारबाट खोटाङमा एक महिलाको ज्यान गएको छ । दिक्तेल नगरपालिका–७ का ५२ वर्षीय श्रीमान ओमप्रसाद राईको मुक्का प्रहारबाट ५२ वर्षीया श्रीमती वुद्धिश्वोभा राईको ज्यान गएको हो ।

दुवै जना रक्सीले मातेको सुरमा सामान्य भनाभन हुँदा श्रीमानले मुक्का प्रहार गर्दा वुद्धिश्वोभाको ज्यान गएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । हत्यामा संलग्न ओमप्रसादलाई नियन्त्रणमा लिएर कारबाही थालिएको माझीको भनाइ छ ।  

घरमा कोही नभएको समयमा मंगलबार दिउसो भएको घटना साँझ छोराबुहारी घर आएपछि मात्र थाहा भएको स्थानीयले जनाएका छन् । मृतक वुद्धिश्वोभा घोप्टो परेर लडीरहेको भेटिएपछि सोधपुछ गर्दा श्रीमान/श्रीमतीबीच झगडा भएको बुझिएको स्थानीयले बताएका छन् ।

मृतकको शव परीक्षणका लागि मंगलबार राति नै जिल्ला अस्पताल खोटाङ ल्याइएको प्रहरीले जनाएको छ । मृतकको शरीरको विभिन्न ठाउँमा निलडाम देखिएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post