sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » तराई बन्दले हलेसी सुनसान

खोटाङ, असोज–१७, तराईमा जारी आन्दोलनका कारण खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी सुनसान बनेको छ । तराईका पहिचान पक्षधर पार्टीले महिना दिन अघिदेखि आव्हान गरेको बन्दले यातायातका सवारी साधन चल्न नपाउँदा हलेसी सुनसान बनेको हो ।

हिउँदवर्षा दुबै मौसममा बाक्लो भीड लाग्ने हलेसीमा तराईमा आव्हान गरिएको बन्दपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै घटेको हलेसी मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । बन्दले हलेसीसम्म आउने यातायातका सवारी साधन चल्न नपाउँदा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थी घटेका हुन् । सँधै पर्यटक तथा दर्शनार्थीको भीडभाड भइरहने हलेसीको महादेब गुफा, बसाहा गुफा, रानीपोखरी क्षेत्र अहिले सुनसान बनेको छ ।


बन्द सुरु भएयता तराई तथा तराईको बाटो हुँदै आउने कुनैपनि पर्यटक तथा दर्शनार्थी हलेसी नआएको अध्यक्ष राईले जानकारी दिनुभयो । सँधै ग्राहकले भरिभराउ हुने सय वटाभन्दा बढि होटलहरु अहिले रित्तो बनेका छन् । ग्राहक नआएका कारण हलेसीमा होटल बुकिङ गर्नेक्रम पनि ठप्प भएको उद्योग बाणिज्य संघ हलेसी शाखाका सचिव प्रकाशचन्द्र गिरीले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post