sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » ‘नमस्ते खोटाङ’को दोश्रो संस्करणको तयारी

खोटाङ, असोज–१८, खोटाङको कला, संस्कृति, प्रतिभा र पर्यटन प्रबर्धनका लागि ‘नमस्ते खोटाङ–२०७२’को तयारी गरिएको छ । हलेसी, तुवाचुङ, रुपाकोट, टेम्के, बराहपोखरी लगायतका स्थलको पर्यटन प्रबर्धन, लुकेर रहेका प्रतिभाको सम्मान, लोपोन्मुख कला संस्कृतिको जगेर्नाका लागि सगरमाथा जनसेवा समाज नेपाल अर्खौलेले ‘नमस्ते खोटाङ’को दोश्रो संस्करणको तयारी गरेको हो ।

समाजले सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गरी सदरमुकाम दिक्तेलमा कार्यक्रम गर्ने जानकारी दिएको छ । ओझेलमा परिरहेका खोटाङको पर्यटकीय क्षेत्र र सुन्दरताको प्रचार–प्रसार गर्दै खोटाङलाई पर्यटकको गन्तव्यकारुपमा बिकास गर्नका लागि कार्यक्रमको अवधारणा अघि सारिएको ‘नमस्ते खोटाङ’का संयोजक प्रकाश पुरीले बताउनुभयो । खोटाङको महत्वलाई उजागर गराउनकालागि गत वर्ष अर्खौलेमा ‘नमस्ते खोटाङ’को पहिलो संस्करण सञ्चालन गरिएको थियो ।

आगामी कार्तिक–२१ गते दिक्तेलमा सञ्चालन गरिने कार्यक्रममा बिभिन्न जातीय भेषभुषा, कलासंस्कृति र पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगीतिक तथा हाँस्यव्यांग्य प्रहसन, नेवार समुदायको लाखे, राई समुदायको साकेला, संगीनी, बिभिन्न जातीय झाँकी प्रदर्शन, करातेको काँता, जिम्नास्टिक कला प्रदर्शनी लगायतका कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । ‘कार्यक्रममार्फत खोटाङ गन्तव्य बनाउन सहयोग पु¥याउने लक्ष्य लिएका छौँ,’ संयोजक पुरीले भन्नुभयो, ‘यहाँ रहेका प्रतिभा, कला, संस्कारसंस्कृति तथा भेषभुषालाई समेत उजागर गर्नमा समेत मद्धत पुग्ने हाम्रो अपेक्षा छ ।’

नमस्ते खोटाङ बिबिध जातजाती र भाषाभाषीबीचको आपसी भाइचारालाई थप प्रगाढ बनाउन पनि महत्वपूर्ण हुने आयोजकको अपेक्षा छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post