sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » धुवाँरहित जिल्ला घोषणाकालागि बृहत सम्मेलनको तयारी

खोटाङ, असोज–२१, खोटाङलाई घरभित्रको धुवाँरहित क्षेत्र घोषणाकालागि बृहत सम्मेलनको अवधारणा अघि सारिएको छ । सन् २०१७ सम्ममा जिल्लाका हरेक घरमा सुधारिएको चुल्हो बनाउने अभियान पूरा गर्ने माहोल सिर्जना गर्न चुल्हो निर्माण सम्बन्धी बृहत सम्मेलनको अवधारणा अघि सारिएको हो ।

सुधारिएको चुल्हो बिस्तार सम्बन्धी जिल्ला कार्य समितिको बुधबार सबेको बैठकले जिल्लास्थित राजनैतिक दल, सम्बद्ध सरकारी कर्मचारी, बुद्धिजिबी, संघसंस्था लगायतको सामुहिक अपनत्व कायम गर्दै अभियानप्रति दायित्वबोध सिर्जना गर्न सम्मेलन गर्ने निर्णय गरेको छ । हाल जिल्लाका ३१ गाबिसमा सञ्चालन भइरहेको सुधारिएको चुल्हो बनाउने अभियानलाई आर्थिक वर्ष २०७२÷०७३ मा सबै गाबिस र नगरपालिकामा पु¥याउन अघि चुल्हो निर्माण सम्बन्धी सम्मेलन अनिवार्य भएको बैठकको निष्कर्ष छ ।
बैठकमा सुधारिएको चुल्हो बनाउनकालागि बन वाताबरण र सरसफाईका क्षेत्रमा क्रियासिल संघसंस्थालाई परिचालन गर्ने, सुधारिएको चुल्हो बनाउन एक द्धार प्रणाली अपनाउने, गृहिणी महिलाको सहभागीतामा मात्र सुधारिएको चुल्हो बनाउने अभियान सफल हुने भएकाले हरेक गाबिसमा गृहिणी भेला गर्ने लगायतका योजना बनाइएको छ । एक नगरपालिकासहित ७२ गाबिस रहेको जिल्लाका ८ गाबिस धुवाँरहित गाबिस घोषणा भइसकेका छन् । जिल्लाका १२ वटा गाबिस घरभित्रको धुवाँरहित घोषणाकालागि तयारी भएको सुधारिएको चुल्हो बनाउने अभियानका सामाजिक परिचालनका क्षेत्रमा कार्यरत बालसेवा समाजका चुल्हो निर्माण कार्यक्रम संयोजक प्रमोद श्रेष्ठले बताउनु भयो ।

खोटाङका ४२ हजार ६४७ घरधरीमध्ये १२ हजार ६५१ घरधुरीमा सुधारिएको चुल्हो निर्माण भइसकेको जिल्ला बिकास समिति वाताबरण उर्जा तथा जलवायु परिवर्तन शाखाले जनाएको छ । जिल्लामा वाताबरण उर्जा तथा जलवायु परिवर्तन शाखा, बालसेवा, ग्रामिण प्रबिधि केन्द्र लगायतका संघसंस्थाको संयुक्त पहलमा सुधारिएको चुल्हो निर्माण अभियान सञ्चालन भइरहेको छ । कार्यक्रममा प्रमुख अतिथिकारुपमा प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले सुधारिएको चुल्हो बनाउन गृहिणी महिलालाई ‘कन्भिन्स’ गर्नमा जोड दिनुभयो । कार्यक्रम स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post