sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » ‘भाग्यले बाँचेकाहरु’ले दर्शकका आँशु रसाए

खोटाङ, असोज–२४, बिनासकारी भूकम्पकाबेला भाग्यबस बाँच्न सफल नेपालीको कथालाई समेटेर तयार पारिएको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ खोटाङमा प्रदर्शन गरिएको छ । पत्रकार कल्याण कोष स्थापनार्थ प्रेस चौतारी नेपाल शाखाको आयोजनामा शुक्रबार र शनिबार सदरमुकाम दिक्तेलमा ‘भाग्यले बाँचेकाहरु’ च्यारिटि–शो प्रदर्शन गरिएको हो ।

जिल्लामा क्रियासिल पत्रकारको हितमा कल्याणकारी कोष स्थापना गर्ने लक्ष्यकासाथ बृत्तचित्र प्रदर्शन गरिएको प्रेस चौतारी खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताए । सदरमुकाम दिक्तेलस्थित हाइभिजन हलमा हेर्ने बन्दोबस्त मिलाइएको डकुमेन्ट्रीको च्यारीटि–शोमा हजार दर्शकले महाभूकम्पले निम्त्याएको दृश्या हेर्ने अवशर पाएको आयोजकले जनाएको छ । पत्रकार गणेश पाण्डेले निर्माण गरेको ५५ मिनेट लामो बृत्तचित्रलाई कामका सिलसिलामा जिल्लामा आइपुगेकाहरुले समेत हेर्न छुटाएनन् । बैशाख–१२ गतेको भूकम्पकाबेला धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि सो भूकम्पमा परेर बाँच्न सफल ७ नेपालीको कथा समेटिएको बृत्तचित्रको च्यारिटि–शोबाट साँढे तीन लाखको व्यापार भएको आयोजकमध्येका डिएम चामलीङले जानकारी दिए ।
बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ हेर्न हलमा उपस्थित दर्शक ।


दैनिक बिहान, दिउँसो र साँझ गरी तीन शो देखाइएको बृत्तचित्र हेर्न दर्शकको उत्साहजन सहभागीता रहेको थियो । भू–कम्पमा हजारौँ नेपालीको ज्यान गयो, हजारौं अंगभंग भए । उत्तिकै मात्रामा घरबिहिन बने । त्यही पीडालाई चित्रण गरिएको बृत्तचित्रले कतिपय दर्शकको आँखामा आँशु रसायो । धराहराबाट खसेर बाँच्न सफल लमजुङकी बबिता सेढाईको कथा या सात तले घरले थिचिँदा ८२ घण्टासम्म आफ्नै पिसाब खाएर बाँचेका अर्घाखाँचीका ऋषि खनालको कथा या पाँच तले घरमा पुरिएर २२ घण्टापछि जीवितै उद्दार गरिएका भक्तपुरका चार महिने सोनिस अवालकै कथा ।

सबै कथा व्याथाको दृश्यले दर्शक चुकचुकाए । भूकम्पले निम्त्याएको बिपत्ती र पिडालाई डकुमेन्ट्रीमार्फत नजिकबाट हेर्ने अवशर मिलेको दर्शक नबिन्द्र राईले बताए । ‘यसपल्टको भूकम्पको बिपत्तीलाई नजिकबाट देखिएको थिएन,’ हलमा भेटिएका राईले भने, ‘त्यो बिपत्तीलाई प्रत्यक्ष हेरेको भान मिलेको छ ।’ बिदेशमा समेत बृत्तचित्र प्रदर्शनको माग बढेको दिक्तेल आइपुगेका ‘भाग्यले बाँचेकाहरु’का निर्माता रहेका पत्रकार गणेश पाण्डेले बताए ।

डकुमेन्ट्रीमार्फत दर्शकले धराहराबाट खसेर बाँच्न सफल लमजुङकी बबिता सेढाईँ, सुन्धारास्थित काठमाडौँ मल अगाडि ट्राफिक प्रहरी करण भण्डारीलाई बचाउने हिरामायाँ नेपालीको जीवनकथा, पाँच तले घरमा पुरिएर २२ घण्टापछि जीवितै उद्दार गरिएका भक्तपुरका सोनिस अवाल, सोनिसलाई जीवितै उद्दार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको अनुभव, काठमाडौँको नयाँ बसपार्कबाट १ सय १२ घण्टापछि सकुशल उद्दार गरिएका नुवाकोटका पेम्बा तामाङ, काठमाडौँको बसपार्कमै सात तले घरले थिचिँदा ८२ घण्टासम्म आफ्नै पिसाब खाएर बाँचेका अर्घाखाँचीका ऋषि खनालको कथालाई हेरे ।

यस्तै, काठमाडौँको बसपार्कमै होटलमा किचिएर दुवै खुट्टा गुमाएका दैलेख बाँसीका रमेश खत्री, भूकम्प आएपछि आफ्नै घरको आँगनको ईनारमा पुरिएपछि जीवितै उद्दार गरिएकी भक्तपुरकी ७५ बर्षीया शिवकुमारी खागी, आफ्नै बाबुले सिकाएअनुसार भूकम्प आएपछि खाटमुनि छिरेर जीवन गुमाएकी नुवाकोट तुप्चेकी उत्सना शर्मा र काठमाडौँको काभ्रेस्थलीमा छिमेकीको घरले किच्दा एउटा खुट्टा गुमाएकी मकवानपुरकी प्रिया बिकको पीडादायी कथालाई दर्शकले पर्दामा रुचाएर हेरे । भूकम्पमा परेकालाई जीवितै उद्दार गरेका स–शस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेत, नेपाल प्रहरीका निरीक्षक प्रदीप क्षेत्री र एउटै चितामा पाँच–सात जनाको शव जलाउँदा विक्षिप्त बनेका भक्तपुरका सविन ख्याँजुको कथा–व्यथादेखि भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी तथा १९९० साल र २०७२ सालका भूकम्प भोगेका राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्मका अनुभवलाई बृत्तचित्रमा समेटिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post