sponsor

समाचार

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » गैर–सरकारी संस्था महासंघको अर्को कमिटि गठन

खोटाङ, असोज–२५, खोटाङमा गैर–सरकारी संस्था महासंघको समानान्तर कमिटि गठन भएको छ । गैर–सरकारी संस्था महासंघको अधिबेसनका बिषयलाई लिएर असन्तुष्ट पक्षले आईतबार समानान्तर कमिटि निर्माण गरेको हो ।

गत असोज–११ गते सम्पन्न महासंघको अधिबेसनकाक्रममा असन्तुष्ट बनेर बाहिरिएका दर्जन बढि गैर–सरकारी संस्थाले हात्तीराम राईको अध्यक्षतामा १५ सदस्यीय ‘खोटाङ गैर–सरकारी संस्था महासंघ’ गठन गरेको हो । समानान्तर महासंघको बरिष्ठ उपाध्यक्ष विमला राई, उपाध्यक्ष तेजकुमार श्रेष्ठ, महासचिवमा हरिकाजी बुढाथोकी, सचिवमा सम्बर बहादुर राई, कोषध्यक्षमा गीता राई र सह–कोध्यक्षमा उर्मिलादेवि दाहाललाई चयन गरिएको छ । अध्यक्ष राई महासंघको संस्थापक उपाध्यक्ष हुन् ।

अधिवेशनबाट महासंघजस्तो स्वतन्त्र संस्थालाई एमालेको भातृ संगठन बनाइएको भन्दै पत्रकार सम्मेलनमार्फत गैर–सरकारी संस्था महासंघको सदस्यता परित्याग गरेको १२ दिनपछि उनीहरुले छुट्टै महासंघ गठन गरेका हुन् । स्वतन्त्र र सबैको साझा संस्थाको आवश्यकतालाई मध्यनजर गर्दै अलग महासंघ बनाइएको जनसेवा समाज नेपाल जालपाका अध्यक्ष दानबहादुर राईले बताउनु भयो । जिल्लाका ५५ गैससका प्रतिनिधिको भेलाले बनाएको समानान्तर समितिको ५ सदस्यीय सल्लाहकार समिति समेत बनाइएको छ । समानान्तर समितिको छुट्टै बिधान समेत बनाइएको उनीहरुले बताएका छन् ।

गैर–सरकारी संस्था महासंघको अधिबेसनमा बिवाद आएपछि बाहिरिएका जनसेवा समाज नेपाल, नव किरण सेवा समाज नेपाल, नव युवा फूलपाती सेवा समाज नेपाल, साकेला क्लव नेपाल, ग्रामिण युवा सशक्तिकरण तथा अनुसन्धान केन्द्र, खोटाङ विकास मञ्च, सगरमाथा तरुण जनजागृति क्लव, एकीकृत विकास मञ्च लगायतका ११ गैर–सरकारी सस्थाहरुले महासंघको सदस्यता परित्यागको घोषणा गरेका थिए । सुरुमा महासंघको अध्यक्ष पाएको एमाले समर्थक गैससकर्मीले पछिबाट उपाध्यक्षमा समेत दाबी गरेका कारण अधिबेसन हलबाट बाहिरिनुपर्ने अवस्था आएको असन्तुष्ट समुहको आरोप छ ।

महासंघको अधिवेशनले विमलकाजी श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको थियो ।  असन्तुष्ट समुह अधिबेसन सकिनुअगावै मनोनयन दर्ता फिर्ता लिएर बाहिरिएका कारण सचिव र कोषाध्यक्ष पद रिक्त राखेर श्रेष्ठको नेतृत्वमा महासंघको समिति बनाइएको घोषणा गरिएको थियो । महासंघका निर्वाचित सह–सचिव बाहेक अन्य प्रतिनिधि एमाले निकटका हुन् । श्रेष्ठ नेतृत्वको महासंघले रिक्त पदमा असन्तुष्ट पक्षलाई समेटेर समितिलाई पूर्णता दिने प्रयास जारी राखेको जनाएको छ ।


यसैसंग सम्बन्धित समाचार 

गैसस महासंघ पार्टीको भातृ संगठन बनेको आरोप 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post