sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » दिक्तेल नगरपालिका कप असोज अन्तिम साता

खोटाङ, असोज–१६, खोटाङमा प्रथम दिक्तेल नगरपालिका फुलबल कप असोज अन्तिम साता सञ्चालन हुने भएको छ । ‘खेलकुद मार्फत अनुशासन र बिकास’ भन्ने नारासहित सोल्मास्थित नयाँ खेलमैदानमा सञ्चालन हुने वडा नगर स्तरिय फुटबल कप असोज–२६ गतेबाट सञ्चालन हुने भएको हो । दशैं र तिहारलाई लक्ष्यीत गर्दै दिक्तेल नगरपालिका र सोल्मा स्पोर्टस क्लवको आयोजना हुने प्रतियोगीता चार दिनसम्म सञ्चालन हुने छ ।

प्रतियोगीताकालागि शनिबार खेल तालिका सार्वजनिक गरिएको सोल्मा स्पोर्टस क्लवका अध्यक्ष ध्रुबबिक्रम राईले बताए । १५ समुहको सहभागीता रहने प्रतियोगीताका बिजेताले ४० हजार, उपबिजेताले २५ हजार र दुई सेमिफाइनलिस्ट समुहले १२÷१२ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै, प्रतियोगीताका बेस्ट किपर, बेस्ट मिडफिल्डर, बेस्ट प्येयर र टप स्कोररलाई जनही दुई हजार २२२ रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष राईले जानकारी दिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post