sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा पम्पिङ प्रविधिबाट खानेपानी बिस्तार

खोटाङ, असोज–१६ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पम्पिङ प्रविधिबाट खानेपानी बिस्तार गरिएको छ । जिल्लाको सुख्खाग्रस्त क्षेत्रमा पर्ने त्रीधार्मिकस्थल हलेसीमा नजिकै पानीको मुहान नभएपछि पम्पिङ प्रविधिबाट खानेपानी बिस्तार गरिएको हो ।


पम्पिङ प्रविधिबाट खानेपानी योजना सञ्चालन भएपछि आधा घण्टा तलबाट गाग्रीमा बोकेर ल्याएको पानी उपभोग गर्नुपर्ने बाध्यता हटेको स्थानीय मङ्गल परियारले बताउनुभयो । “अहिले घरघरमा निर्माण गरिएको धारामा पानी आउँछ ।” उहाँले भन्नुभयो, “घरैमा निर्माण गरिएको धारामा पानी आएपछि लिन जाँदा लाग्ने समयको बचत भएको छ ।”

पम्पिङ प्रविधिबाट बिस्तार गरिएको खानेपानी योजनाबाट महादेविस्थान–४ स्थित मन्दिर क्षेत्रमा बसोवास गर्ने ३७२ तथा वडा नम्बर–५ मा बसोवास गर्ने ८० घरपरिवार उपभोक्ता लाभान्वित भएका छन् । लामो समयपछि पम्पिङ प्रविधिबाट पानी तानेर बिस्तार गरिएको धाराको पानी उपभोग गर्न पाएपछि स्थानीय उपभोक्ता हर्षित भएका छन् ।

हिन्दु, वुद्ध र किरात धर्मालम्बीको संगमस्थल हलेसीको बसाहा गुफादेखि पश्चिमपट्टी रहेको पानीको मुहान नजिक ५० हजार लिटरको ट्याङ्की निर्माण गरेर विद्युतको माध्यममाबाट पम्पिङ प्रविधि अपनाएर खानेपानी बिस्तार गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल गिरीले बताउनुभयो । निर्माण उपभोक्ता समितिका अनुसार ४०५ मिटर तलबाट तानिएको पानीलाई बजार क्षेत्रको तीनवटा ट्याङ्कीमा जम्मा गरेर २२ तथा वडा नम्बर–५ मा दुईवटा ट्याङकीमा जम्मा गरेर ११ वटा धारामार्फत पानी बितरण गरिएको छ ।

उपभोक्ता समितिले दिएको जानकारी अनुसार घरमा निर्माण गरिएका धारामा बिहान र बेलुका दुई÷दुई घण्टा खोलीदिने गरिएको छ भने, मन्दिरमा चौबीसै घण्टा खुला गरिन्छ । मन्दिरमा आउने भक्तजनलाई लक्षित गरेर चौबीसै घण्टा खुला गरिएको समितिले जनाएको छ ।

जिल्लामा पहिलो पटक सञ्चालन गरिएको विद्युतीय पम्पिङ प्रविधि सफल भएको जिल्ला खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय खोटाङका प्रमुख विजयकुमार ठाकुरले बताउनुभयो । “जिल्लामा हलेसीजस्तै दर्जन बढी गाविसमा यस्तो समस्या छ ।” उहाँले भन्नुभयो, “हलेसीको योजना सफल भएसँगै अन्य ठाउँका समस्यामा पनि अध्ययन थालेका छौ ।”

जिल्ला विकास समितिको नौं लाख, खानेपानी तथा सरसफाइ सव–डभिजन कार्यालयको छ लाख ४० हजार, मारतीका गुम्बाका वाङ्सु लामाको नौं लाख रुपैयाँ र स्थानीयको श्रमदानमा योजना सञ्चालन गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । खानेपानी योजना सञ्चालनमा आएपछि मन्दिरमा आउने भक्तजनलाई समेत सहज भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक तामन राईले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post