sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » सबैसँग सहकार्य गरेर अगाडि बढ्छु : प्रजिअ खड्का

खोटाङ, असोज । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काले जिल्लाको शान्ति/सुरक्षा तथा विकास÷निर्माणमा सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ । भर्खरै सरुवा भएर खोटाङ आउनुभएका प्रजिअ खड्काले शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

पत्रकार भेटभाट कार्यक्रममा बोल्नुहुँदै प्रजिअ खड्काले जिल्लाको हरेक गतिविधिमा पत्रकारहरुसँग सहकार्य गर्ने बताउनुभयो । “जिल्लाको शान्ति÷सुरक्षा गर्ने जिम्मा लिएर म खोटाङ आएको छु ।” उहाँले भन्नुभयो, “यसमा तपाईहरुको साथ र सहकार्यको अपेक्षा गरेको छु ।”

जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी पत्रकारहरुले जिल्लाको शान्ति÷सुरक्षाका साथै विकास÷निर्माणमा समेत खबरदारी गरीदिन प्रजिअ खड्कालाई सुझाव दिएका छन् । विगतका केही उदाहरण दिनुहुँदै नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राईले भन्नुभयो, “जिल्लामा हुने विकास÷निर्माणका काममा ढिलासुस्ती भएका छन् । यसमा प्रमुख जिल्ला अधिकारीको ठाउँबाट खबरदारी आवश्यक छ । त्यसतर्फ पनि चासो दिनुप¥यो ।” 

भेटघाट कार्यक्रममा बोल्नुहुँदै पूर्व अध्यक्ष तथा केन्द्रीय पार्षद् डम्बरसिंह राईले कसैलाई लाखा, कसैलाई पाखा नगरी समान व्यवहार गर्न सुझाव दिनुभयो । “विगतका प्रजिअमा केही दलको नजिक रहेर काम गर्ने प्रचलन पनि थियो ।” उहाँले भन्नुभयो, “तपाईबाट त्यसो नभइ समान व्यवहार होस् भन्ने पत्रकारहरु चाहान्छौं ।”
पत्रकार भेटघाट तथा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा महासंघ अध्यक्ष, पूर्व अध्यक्ष, जेष्ठ पत्रकार कृष्ण आचार्य लगायत जिल्लामा क्रियासिल पत्रकारहरुको सहभागिता रहेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post