sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » किराबि संघको अध्यक्षमा शुशिला सर्वसम्मत

खोटाङ, असोज–२३, किरात राई बिद्यार्थी संघ खोटाङको अध्यक्षमा शुशिला राई चयन भएकी छन् । शुक्रबार राती अबेर सम्पन्न संघको पाँचौं जिल्ला सम्मेलनले शुशिलाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा हिराधन राई, सचिवमा आरबीएन राई, सह–सचिवमा सुजन राई र कोषाध्यक्षमा बन्दना राई चयन भएका छन् । सम्मेलन संघकी केन्द्रीय उपाध्यक्ष बिर्सिका राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सम्मेलनअघि बिद्यार्थी संघले सदरमुकाम दिक्तेलमा ¥याली निकालेको थियो । उनीहरुले भारतको अघोषित नाकाबन्दीको बिरोधमा नारा लगाएका थिए ।

कार्यक्रममा संघका केन्द्रीय सचिव नबिन चामलीङ, सदस्य उदिम चामलीङ, सपना राई, किरात राई यायोक्खाका जिल्ला अध्यक्ष प्रश्नराज राई, उपाध्यक्ष अञ्जना राई, सचिव युगसन किरात, आदिबासी जनाजाती समन्वय समितिका उपाध्यक्ष प्रेमकुमार राई लगायतको उपस्थिति रहेको थियो ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post