sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » हृदयघातबाट एमाले नेताको निधन, एमालेले ३ दिनसम्म आधा झण्डा झुकाउने

खोटाङ, असोज २१ (नागरिक)– खोटाङका एमाले नेता युवराज पोखरेलको निधन भएको छ । एमाले पाथेका गाउँ कमिटिको अधिबेसनका लागि बिहिबार बिहान पाथेका जाँदै गरेको अवस्थामा नेता पोखरेलको तालखर्कमा निधन भएको हो । एमाले जिल्ला सचिवालय सदस्य एबं जिफन्टका सगरमाथा अञ्चल कमिटि उप–सचिव पोखरेलको हिँड्दाहिँड्दै अकस्मात ढले लगत्तै निधन भएको एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताउनु भयाे ।

पोखरेल बिहिबारको गाउँ पार्टी अधिबेसनकालागि जिल्ला सचिव देबबिक्रम राईसँग पाथेकातर्फ हिँडेका थिए । बाटोमा पछि–पछि हिँडेका पोखरेल निकैबेरसम्म नआएपछि फर्किएर खोजी गर्दा बाटोमा टुक्रुक्क बसिरहेको अवस्थामा भेटिएको र केही समयपछि नै निधन भएको एमालेले जनाएको छ ।

बिहिबार ज्यान गुमाएका एमाले नेता युवराज पोखरेल ।
२०१३ सालमा कुभिण्डे गाबिमा जन्मिएका पोखरेलको हृदयघातका कारण मृत्यु भएको अनुमान गरिएको अध्यक्ष चामलीङले जनाए । जिल्लामा मजदुरको हकहितका बिषयमा बढि वकालत गर्दैआएका पोखरेलको निधनले एमाले लगायत शुभेच्छुक मर्माहत भएका छन् । मृतक पोखरेलले ईमान्दार, लगनशिल र प्रतिबद्ध कार्यकर्ताकारुपमा पहिचान बनाएका थिए । पोखरेलको शव अहिले दिक्तेलस्थित एमाले पार्टी कार्यालयमा राखिएको छ । २०३० सालदेखि विद्यार्थी राजनीति सुरु गरेका पोखरेलले विद्यार्थी संगठनको विभिन्न पदमा काम गर्दै पार्टीको राजनितीमा प्रबेश गरेका थिए । आफन्त आएपछि शुक्रबार पोखरेलको अन्तिम दाहसंस्कार गरिने एमालेले जनाएको छ ।


यसैबीच, नेता पोखरेलको निधनले एमाले जिल्ला कमिटिले ३ दिनसम्म पार्टीको झण्डा झुकाउने र औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । नेता पोखरेलको निधनले पार्टीलाई मर्माहत बनाएको र अपूरणीय क्षती भएको उल्लेख गर्दै एमालेले ३ दिनसम्म जिल्ला कमिटि र मातहत कमिटिका कार्यालयहरुमा आधा झण्डा झुकाउने र औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको हो । ‘शोकपूर्ण घडीमा ३ दिनसम्म आधा झण्डा झुकाउने र औचारिक कार्यक्रम नगरिने निर्णय भएको जानकारी गराउँद छौँ,’ एमाले अध्यक्ष चामलीङ र सचिव देबबिक्रम राईले जारी गरेको बिज्ञाप्तीमा उल्लेख छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post