sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » गीत गाएर गाउँठाउँ चिनाउने नबिनको सपना

खोटाङ, असोज–२३, पर्यटकीयस्थल भुम्जुडाँडा खोटाङको पश्चिमी गाबिस च्यास्मीटार र डिकुवाको सिमानामा पर्छ । नयाँ वर्ष या चाडपर्वकाबेलामा स्थानीयको घुमफिर गर्ने थलो बनेको भुम्जुडाँडामा जन्मिएका नबिन रहपाल उदीयमान गायककारुपमा उदाउँदैछन् । घाँस, दाउरा, गोठालो खेतालो गर्नेक्रममा गुनगुनाउने नबिन नेपाली सांगीतिक क्षेत्रमा चम्किलो नक्षत्रकारुपमा चम्किने प्रयासमा छन् ।

केटाकेटीदेखि नै गीत गाउन भनेपछि हुरुक्कै हुने नबिन हाल धरानमा झरेर संगीतको राग अलापी रहेका छन् । डिकुवा–९ भुम्जुमा २०५१ सालमा बाबु पूर्णबहादुर बिक र आमा फुलसरी बिकको माइलो सन्तानकारुपमा जन्मिएका नबिनले डेढ वर्षदेखि सुरसाँझ धरानमा संगीतका ‘कोर्स’ गरिरेको बताउँछन् । च्यास्मीटार माबिमा माबि तह अध्ययन गरेका उनी आफ्नो ईच्छा र शुभेच्छुकको प्रेरणाले संगीततर्फ लोभिएको बताउँछन् । ‘सानैदेखि गीत गाउने गरेको थिएँ,’ नबिनले भने, ‘मेरो स्वर राम्रो छ भनेर शुभेच्छुकले हौस्याएपछि गायनतर्फ लागेको हुँ ।’ बाबुआमाको इच्छा छ छोरोले धनसम्पत्ती कमाओस्, बिदेश जाओस् । तर, आमाबाबुको त्यही चाहनालाई लतार्दै अघि बढेका नबिनले संगीतमा आफ्नो भविष्यको खोजी गरिरहेका छन् ।


उनले शुभेच्छुक साथीहरुकै सहयोगमा ‘छोडेर गयौ’ बोलको पहिलो गीत रेकर्ड गराएका छन् । सागरबीर कडारीको शव्द तथा बिनोद प्रियादर्शी राईको संगीत रहेको गीत समाबेश एल्बमको नाम समेत ‘छोडेर गयौ’ राख्ने तयारी भइरहेको उनले जनाए । गाउँमा गुनगुनाउदै आएका नबिनले धरान पुगेपछि शुभेच्छुकको बढि हौसला पाएका हुन् । त्यही हौसला र आत्मबिश्वासले उनले संगीतका माध्यमबाट आफ्नो गाउँ–ठाउँलाई चिनाउने लक्ष्य पूरा गर्न रातदिन तल्लिन छन् । मेहनत गर्न सके संगीतका क्षेत्रमा उज्जवल भविष्य देखेका छन् उनले । ‘संगीतमा एकदम आशाबादी छु, उत्तिकै मेहनत गरिरहेको छु,’ नबिनले थपे, ‘संगीतमा केही गर्न सक्छु भन्ने आशा छ ।’

रहरै रहरमा गीत गाउन थालेका उनी शिव परियार, प्रमोद खरेल, राजेशपायल राई, नारायण गोपाललाई मन पराउँछन् । कलाकर्मीको उर्बर थलो खोटाङमा जन्मिएर संगीतमा भविष्य खोजीरहेका नबीनले भुम्जुडाँडाकै उचाई प्राप्त गरोस् शुभकामना ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post