sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » कर्मचारीले अनुहार हेरेर खुद्रा पैसा साटिदिएको सेवाग्राहीको गुनासो

खोटाङ, असोज–२६, राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय खोटाङका कर्मचारीले मान्छे हेरी–हेरी खुद्रा पैसा साटिदिएको सेवाग्राहीले गुनासो गरेका छन् । दशैं नजिकिँदै गर्दा पैसा साट्नकै लागि दुई दिनसम्मको बाटो हिँडेर आएका सेवाग्राहीहरुले दिनभर लाईनमा बसे पनि खुद्रा पैसा नपाएको गुनासो गरेका हुन् ।

कर्मचारीले आफन्त तथा चिनेजानेकालाई सुटुक्कै भित्र बोलाएर ५०÷६० हजार रुपैयाँसम्म खुद्रा पैसा साटिदिए पनि आफूहरुलाई दिनभर लाईनमा राखेर त्यसै फर्काएको पाथेकाका घमण्डप्रसाद गिरीले बताउनुभयो । “खुद्रा पैसा दिने भनेर दिनभर लाईनमा बसायो ।” उहाँले भन्नुभयो, “आफ्नो पालो आएपछि पैसा सकिएको भनेर घर फर्काइ दियो ।”

आफन्त तथा चिनेजानेकालाई भने कर्मचारीले बैंकको माथिल्लो तलामा लगेर लाईन नै नबसाइ झोलाभरी पैसा साटिदिएको दोर्पाका हर्कराज विश्वकर्माले गुनासो गर्नुभयो । “दिन मायाँ मारेर दशैंका लागि पैसा साट्न आइयो ।” उहाँले भन्नुभयो, “कर्मचारीको पक्षपातपूर्ण व्यवहारले साट्न पाइएन ।”

कर्मचारीको पक्षपातर्पूा प्रबृत्ति देखेर दुःख लागेको सेवाग्राहीले गुनासो गरेका छन् । आफ्नो पालो आइपुग्दा खुद्रा पैसा बाँकी नै रहेको देखिए पनि अरुलाई चाहिन्छ भन्दै भित्र फर्काएको पाथेकाका नवराज गिरीको आरोप छ ।

खुद्रा पैसा साट्न आउने सेवाग्राहीको अत्यधिक चापले गर्दा व्यवस्थापनमा समस्या भएको बैंकका मेनेजर कुलबहादुर धिमालले बताउनुभयो । “सेवाग्राहीको अत्यधिक चापले गर्दा सबैको चित्त बुझाउन सकेपछि गुनासो आउनु स्वभाविक हो ।” उहाँले भन्नुभयो, “तर, कसैमाथि असमान व्यवहार भने गरिएको छैन ।” धिमालका अनुसार सोमबार मात्रै तीन करोड बढी खुद्रा पैसा साटिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post