sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » » दशैं र तिहारको अवशरमा सदभावको टिका

खोटाङ, असोज–२६, दशैं र तिहारको अवशरमा खोटाङमा सामुहिक रुपमा सद्भावको टिका लगाइएको छ । दशैं शुरु भएको दिनको अवशरमा नेकपा एमालेले मंगलबार बिहान आयोजन गरेको कार्यक्रममा एक आपसमा शुभकामना आदान प्रदान गर्दै सामुहिकरुपमा सद्भावको टिका लगाइएको हो ।
दशैं र तिहारको अवशरमा मंगलबार बिहान आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहायक प्रजिअ अर्जुन राईलाई टिका लगाइदिदै एमाले जिल्ला अध्यक्ष बबी चामलीङ ।

जिल्लाका राजनैतिक दल, कार्यालय, संघसंस्थाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै चाडपर्वलाई फजुल खर्च र मदिरारहित बनाउन आव्हान स्वरुप सद्भावको टिका लगाइएको एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताउनुभयो । कार्यक्रममा एमाले अध्यक्ष चामलीङको हातबाट टिका ग्रहण गर्नुभएका प्रमुख अतिथि एबं निमित्त प्रजिअ अर्जुन राईले अन्य सहभागीलाई टिका लगाइदिनु भयो । 

एमालेले जिल्लामा दशैं तथा तिहारको अवशरमा प्रतेक वर्ष सद्भावकालागि शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ ।
प्रमुख अतिथि रहेका प्रजिअ अर्जुन राईको हातबाट टिका ग्रहण गर्दै महिला बिकास कार्यालयकी भुवन राई । नेकपा एमाले खोटाङले एमालेले हरेक दशैंतिहार अघि शुभकामना आदानप्रदानको परम्परा बसाएको छ ।

तस्बिरः हाम्रो खोटाङ डटकम

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post