sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खोटाङमा हिमाल एफएमको सम्पर्क कार्यालय

खोटाङ, असोज–२१, सोलुखुम्बुको हिमाल एफएमले खोटाङमा सम्पर्क कार्यालय स्थापना गरेको छ । २०६७ साल असोजदेखि प्रशारण सुरु गरेको हिमाल एफएमले बिहिबार सदरमुकाम दिक्तेलको भवनगैरा नजिक सम्पर्क कार्यालय स्थापना गरेको हो । नेपालको आधा भू–भाग एबं इन्टरनेटबाट बिश्वभर सुन्न सकिने एफएमको सम्पर्क कार्यालय प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटा र पुर्व सांसद कुलप्रसाद फुयाँलले संयुक्तरुपमा उदघाटन गर्नुभएको हो ।

नजजिकिँदै गरेको दशैं, तिहार र छठको शुभकामना आदान प्रदान गर्दै हिमाल एफएमले छिमेकी जिल्लामा समेत सम्पर्क कार्यालय बिस्तार गरेको हो । खोटाङका बिज्ञापन दाता, श्रोता, शुभेच्छुकको सहजताकालागि दिक्तेलमा सम्पर्क कार्यालय खोलिएको एफएमका समाचार प्रमुख बिक्रम श्रेष्ठले बताउनु भयो । प्रमुख अतिथिकारुपमा एफएमको सम्पर्क कार्यालय उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले दिक्तेलबाटै कार्यक्रम उत्पादन एबं प्रशारणको व्यवस्था मिलाउन सुझाव दिनुभयो । बिशेष अतिथिकारुपमा पुर्व सांसद फुयाँलले निष्पक्षता एबं निडरता प्रदर्शन गर्न एफएम परिवारलाई आग्रह गर्नुभयो । यस्तै, कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले व्यवस्थापिका, कार्यापालिका र न्यायपालिकाको सही दिशा निर्देशकालागि भूमीका निर्वाह गर्न सुझाब दिनुभयो । एमाले उपाध्यक्ष राम दंगालले हिमाल एफएम सोलुको मात्र नभएर खोटाङको बनेकोमा शुभकामना दिनुभयो । यस्तै, एमाओबादी सचिवालय सदस्य होमकाजी आचार्यले हिमाल एफएमको उन्नतीको कामना गर्नुभएको छ ।

सम्पर्क कार्यालयका इन्चार्ज दिलीप खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष जीबन श्रेष्ठ, राप्रपाका अध्यक्ष ललितकुमा राई, संघीय समाजबादी फोरमका अध्यक्ष सुर्यबहादुर राई, नेकपा मालेका सचिव बयन्द्र केशी, खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष तुलसी तिलुङ खम्बू, बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालु, गैसस महासंघका अध्यक्ष बिमलकाजी श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई, हुलाक कार्यालयकी प्रमुख कोपिला राई लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रम जनसेवा समाज नेपालको कार्यालयमा सञ्चालन गरिएको थियो । हिमाल एफएमको सम्पर्क कार्यालय निर्वाचन कार्यालयको माथिल्लो तल्लामा राखिएको छ । छिट्टै दिक्तेलबाटै कार्यक्रम, रिपोर्ट, अन्तरवार्त लगायतका सामग्री तयार गरी पठाउने व्यवस्था मिलाइने हिमाल एफएमका खोटाङ इन्चार्ज खत्रीले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post